YouVersion लोगो
खोज आइकन

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्नमूना

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

दिन 5 को 5

"विजयमा जिउनका लागि पाँच बुँदे रणनीति"।

यस खण्डले प्रभावकारी रूपमा पाप र परीक्षाको सामना गर्नको लागि ५ बुँदे बाइबलमा आधारित रणनीति प्रदान गर्दछ। यो योजनालाई कार्यमा ल्याउनु भनेको तपाईँको जीवनमा परमेश्वरलाई पहिलो स्थान दिने अर्को तरिका हो!

१. येशु ख्रीष्टको कामद्वारा परमेश्वरले तपाईँलाई सिद्ध, पवित्र र निर्दोष देख्नुहुन्छ भन्ने कुरा बुझ्नुहोस्। (२ कोरिन्थी ५:२१ पढ्नुहोस्।) धेरै पटक पापको नतिजामध्ये दोष र लाज सबैभन्दा विनाशकारी हुन्छ। पापको पर्वाह नगरी ख्रीष्टमा भएकाहरूका लागि कुनै दण्ड छैन भनी बुझ्नु विजयको लागि आधारभूत कुरा हो (रोमी ८:१)।

२. आफ्ना पापहरू स्वीकार गर्नुहोस्। (१ यूहन्ना १:९ पढ्नुहोस् ।) हाम्रो पाप स्वीकार गर्नु भनेको ती पापहरूलाई पहिले हाम्रो आफ्नै हृदय र दिमागमा स्वीकार गर्नु हो र त्यसपछि परमेश्वर सामु स्वीकार गर्नु हो। हाम्रो पाप स्वीकार गर्नुको मतलब यो जरुरी होइन कि तिनीहरूलाई अरू सामु सार्वजनिक गर्नु हो। पाप स्वीकार तपाईँ र परमेश्वर बीच छ।

३. जवाफदेही हुनुहोस्। (याकूब ५:१६ पढ्नुहोस्।) तपाईँले विश्वास गर्न सक्ने नजिकका भरोसामय ख्रीष्टियान मित्र, पास्टर वा परिवारको सदस्य खोज्नु चाहिँ युद्धमा जवाफदेहिता र प्रार्थनाको समर्थनलाई परिचय गराउने एउटा प्रभावकारी तरिका हो ।

४. परीक्षाका स्रोतहरूबाट बच्नुहोस्। (याकूब १:१३-१५ पढ्नुहोस्।) यो कार्यान्वयन गर्न सबैभन्दा चुनौतीपूर्ण पक्ष हो र यसका लागि केहि रचनात्मक सोच र योजना चाहिन्छ। सत्य यो हो कि यदि तपाईँ परीक्षाबाट बच्न सक्नुहुन्छ भने, तपाईँ पापबाट जोगिनुहुनेछ।

५. परमेश्वरको वचन मनन् गर्नुहोस्। (भजन संग्रह ११९:११ पढ्नुहोस्) परमेश्‍वरको वचनले हामीलाई बताउँदछ कि “यसलाई हाम्रो हृदयमा लुकाएर” राख्दा यसले परीक्षा र पापलाई इन्कार गर्ने विशेष सामर्थ्य दिन्छ भनी स्पष्ट रूपमा बताउँछ।

दिन 4

यस योजनाको बारेमा

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne