परमेश्वरलाई पहिलो स्थान दिनुहोस्Sample

"परमेश्वरको स्थान, मेरो इनाम!"
पहिलो स्थान - यो प्रतिस्पर्धा गर्ने सबैको केन्द्रित महत्वाकांक्षा हो। चाहे व्यक्तिगत होस् वा सामुहिक प्रतिस्पर्धा, उत्कृष्ट अंक वा समयले जित्छ, र पहिलो स्थानले सधैं त्यो विशेषाधिकारको विशिष्टता हासिल गर्नेलाई शीर्ष इनाम ल्याउँछ। हो सधैं, तर एक महत्त्वपूर्ण अपवादका साथ।
हाम्रो मुक्ति भन्दा पहिले, हामी सामान्यतया हाम्रो आफ्नै जीवनमा पहिलो स्थान राख्छौं - आफ्नै लागि जिउने, हाम्रो आफ्नै स्वार्थी महत्वाकांक्षाहरू पूरा गर्ने, आफ्नै एजेन्डा प्रवर्द्धन गर्ने। तर जब हामी ख्रीष्टियान बन्छौं, अब हामी पहिलो स्थानमै कायम रहिँरहदैनौँ; यो परमेश्वरको हो।
हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु हाम्रो मुक्तिको दिनबाट सुरु भयो, तर परमेश्वरलाई हाम्रो जीवनको सबै क्षेत्रमा पहिलो स्थानमा रहन अनुमति दिनु एक निरन्तर प्रक्रिया हो। जब हामी त्यसो गर्छौं, हामी यस पृथ्वीमा ख्रीष्टमा पूरा र आशिषित जीवन बिताउँछौँ र स्वर्गमा परमेश्वरसँग सदाको लागि अव्यक्त आशिषहरूको अनन्त जीवनको उत्तराधिकारी हुन्छौं।
"खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौँ। १ कोरिन्थी ९:२५"
धर्मशास्त्र
यस योजनाको बारेमा

हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

बोलावट

ग्रेसको गान (Anthem of Grace)

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
