परमेश्वरलाई पहिलो स्थान दिनुहोस्Sample
![परमेश्वरलाई पहिलो स्थान दिनुहोस्](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39224%2F1280x720.jpg&w=3840&q=75)
"परमेश्वरले तपाईँलाई आफ्नो हृदयमा पहिलो स्थान दिनुभएको छ"
परमेश्वरले तपाईँलाई कहिल्यै पाप नगरेको जस्तो देख्नुहुन्छ भनी कसैले तपाईँलाई भन्यो भने तपाईँ के सोच्नुहुन्छ? वास्तविकता के हो भने, क्रुसमा येशुको छुटकाराको कामको कारणले गर्दा परमेश्वरले तपाईँलाई यसरी देख्नुहुन्छ। ख्रीष्टियानहरूको रूपमा हामी क्षमा पाएका, शुद्ध गरिएका र स्वतन्त्र छौँ!
यसको मतलब तपाईँ एक सन्त हुनुहुन्छ: जसले ख्रीष्टमा धार्मिकताको विशेष स्थिति प्राप्त गर्नुभएको छ। तपाईँ परमेश्वरको नजरमा सिद्ध, पवित्र र निर्दोष हुनुहुन्छ। उहाँले तपाईँलाई आफ्नो सन्तान, उहाँको प्रचुरताको उत्तराधिकारी र उहाँको मित्र भन्नुहुन्छ।
"तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। " १ पत्रुस २:९
परमेश्वरले हामीलाई कसरी देख्नुहुन्छ भन्ने कुरालाई साँच्चै बुझ्न हामी उहाँलाई कसरी देख्छौं भन्ने कुराबाट सुरु हुन्छ। हामीले गल्ती गरेको देखेर केवल हामीलाई सजाय दिनको लागि पर्खिन परमेश्वरले टाढाबाट हेरिरहनु भएको छैन। सत्यबाट थप पर केही हुन सक्दैन।
यस पदले के भन्छ विचार गर्नुहोस्:
" तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। " यूहन्ना १:१२-१३
परमेश्वरले हामी प्रत्येकलाई आफ्नो बहुमूल्य सन्तानको रूपमा हेर्नुहुन्छ। उहाँ एक प्रेमिलो पिता हुनुहुन्छ जसले उहाँको अनन्त करुणाबाट हामीलाई अनुग्रह र हेरचाह गर्नुहुन्छ। श्रेष्ठगीतका केही पदहरूले पति र पत्नीको घनिष्ठ प्रेमसँग तुलना गरेर हामीप्रतिको परमेश्वरको प्रेमको अविश्वसनीय तीव्रतालाई चित्रण गर्दछ। हिब्रू ११:६ ले हामीलाई बताउँछ कि परमेश्वर उहाँलाई खोज्नेहरूलाई इनाम दिने हुनुहुन्छ।
परमेश्वरले आफ्ना प्रत्येक छोराछोरीलाई हामीमध्ये धेरैले आफूलाई हेर्ने भन्दा गहिरो रूपमा फरक तरिकाले हेर्नुहुन्छ। परमेश्वरले हामी प्रत्येकलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा हामीले मुक्ति पाएको क्षणमा ख्रीष्टले हाम्रो जीवनमा सुरु गर्नुभएको काममा आधारित हुन्छ।
"यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। " २ कोरिन्थी ५:१७
"किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। " २ कोरिन्थी ५:२१
यो नयाँ सृष्टि परमेश्वरको ईश्वरीय कार्य हो जुन हाम्रो आत्मिक अवस्था र भित्री मनुष्यत्वको पूर्ण परिवर्तन हो। उहाँले हामीलाई हाम्रो भूत, वर्तमान र भविष्यको पापबाट पूर्णतया क्षमा र शुद्ध गर्नुभएको छ। हामी उहाँसँग सही सम्बन्धमा छौँ।
"पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।" भजन संग्रह १०३:१२
येशुले क्रुसमा गर्नुभएको कामद्वारा उहाँको धार्मिकताको रूपमा साँच्चै नै हामी कुनै पापको दोष बिना उहाँलाई प्रस्तुत गरिएको परमेश्वरका जन हौं । परमेश्वरले वास्तवमा हामीलाई उहाँको हृदयमा पहिलो स्थान दिनुभएको छ!
यस योजनाको बारेमा
![परमेश्वरलाई पहिलो स्थान दिनुहोस्](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39224%2F1280x720.jpg&w=3840&q=75)
हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)