YouVersion लोगो
खोज आइकन

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्नमूना

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

दिन 3 को 5

"परमेश्वरले तपाईँको हृदयमा पहिलो स्थान चाहनुहुन्छ"

आजको समाजमा धेरैले आफ्नो मूल्यलाई धनको आधारमा, तिनीहरू "कर्पोरेट सीढी" मा कति उच्च छन्, तिनीहरूको व्यवसाय कत्तिको सफल छ, वा तिनीहरूले कसलाई चिनेका छन् भन्ने कुरालाई पनि आधार दिन्छन्।

तर यदि यी कुराहरूमा हाम्रो महत्त्वको दृष्टिकोण स्थापित भयो भने, हामीले यी क्षेत्रहरूमा फस्टाउँदै गर्दा मात्र आफ्नो बारेमा राम्रो महसुस गर्नेछौँ। जब हाम्रो धन र सफलता कम हुन्छ, हाम्रो आत्म-मूल्य पनि कम हुनेछ किनभने हाम्रो जग बलियो छैन। येशुले यसलाई यसरी वर्णन गर्नुहुन्छ:

“तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।” लूका ६:४९

हाम्रो पहिचान हामीले यसलाई बसाल्ने जग जत्तिकै मात्र बलियो हुन्छ। येशु ख्रीष्टको चट्टान सरह बलियो जगमा हाम्रो पहिचान स्थापित गरे पछि जीवनमा हाम्रो तृप्तिको भावना क्षणिक कुराहरूको परिवर्तनशील अवस्थामा निर्भर हुँदैन।

जब ख्रीष्ट हाम्रो जग हुनुहुन्छ, हाम्रो स्थिरता यस्तो देखिन्छ:

“त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।" लूका ६:४८

जीवनमा धेरै छनौटहरू एक पलको लागि सोच्नुहोस् जहाँ तपाईँले आफ्नो महत्वको जग निर्माण गर्नुपर्दछ। यसमा धन, करियर, रूपरङ्ग, परिवार, प्रसिद्धि, शक्ति वा तपाईँलाई चिनेको व्यक्ति समावेश हुन सक्छन्। यस बाहेक के तपाईँले सोच्न सक्ने अरू कुराहरू पनि छन्? हाम्रो पहिचान स्थापित गर्ने सबै कुराहरू मध्ये केवल येशुले हामीलाई विजयी ख्रीष्टियान जीवनको निश्चयता दिनुहुन्छ।

तर यदि तपाईँले अन्य छनौटहरू जाँच्नुभयो भने कुनै पनि खराब वा स्वाभाविक रूपमा दुष्ट छैनन्। वास्तवमा, धेरै कुराहरूमा तिनीहरू परमेश्वरले हाम्रो जीवनमा हामीलाई दिनुभएको जिम्मेवारीका धेरै महत्त्वपूर्ण क्षेत्रहरू हुन्। तर मत्तीको पुस्तकमा येशुले हामीलाई सन्तुलन खोज्न मद्दत गर्नुहुन्छ।

“यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?” मत्ती ६:२५-२६

जब हामी यो सत्यलाई आफ्नै जीवनमा समाधान गर्छौं, हामी शान्ति र तृप्ति पाउँछौँ, चिन्ता र फिक्रीबाट मुक्त हुन्छौँ। यो सन्तुलन तब प्राप्त हुन्छ जब हामीले हाम्रो जीवनको सबै क्षेत्रमा येशुलाई पहिलो स्थान दिन्छौं।

“तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।” मत्ती ६:३३

हामी सबैसँग सपनाहरू, लक्ष्यहरू र आकांक्षाहरू छन् किनभने परमेश्वरले हामीलाई त्यसरी रचना गर्नुभएको हो। तर येशुलाई पहिलो स्थानमा राख्नाले तपाईँलाई आफ्नो प्राथमिकताहरू र मनसायहरू जाँच्न अगुवाइ हुनुपर्छ ताकि तपाईँले आफ्ना चाहनाहरू प्राप्त गर्न वा आकांक्षा हासिल गर्न पछाडीका कारण जान्न सक्नुभएको होस्। जब उहाँ तपाईँको सपना र आकांक्षाहरूमा पहिलो हुनुहुन्छ, तपाईँको भविष्य महानता र आनन्दले भरिनेछ!

जब परमेश्वरले तपाईँको ध्यानमा शंकास्पद उद्देश्य ल्याउनुहुन्छ, तपाईँको सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रिया चाहिँ परिवर्तनहरू गर्न इच्छुक हुनुपर्छ। परिवर्तन कहिलेकाहीं गाह्रो हुनसक्छ, तर परमेश्वरले सधैं हाम्रो मनमा असल कुरा राख्नुहुन्छ र तपाईँ आत्मिक रूपमा बढ्नुभएको चाहनुहुन्छ।

दिन 2दिन 4

यस योजनाको बारेमा

परमेश्वरलाई पहिलो स्थान दिनुहोस्

हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne