बल र साहस सँग जिउनुहोस्!Sample
![बल र साहस सँग जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39223%2F1280x720.jpg&w=3840&q=75)
"उहाँले तपाईँलाई बढ्न मद्दत गर्न चरित्र निर्माण गर्नुहुन्छ"
असल चरित्र भनेको हामीले मुक्तिको साथ मात्र प्राप्त गर्ने कुरा होइन, तर समयसँगै सिक्ने र विकसित हुन्छ। हामीलाई ख्रीष्टको जस्तै चरित्र निर्माण गर्न मद्दत गर्नु परमेश्वरको प्राथमिक लक्ष्यहरू मध्ये एक हो। पवित्र आत्माले हामीलाई उहाँको चरित्र निर्माण र विकास गरेर येशु जस्तै बन्न मद्दत गर्नुहुन्छ। बाइबलले यसलाई आत्माको फल भन्छ।
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। ।” गलाती ५:२२-२३
चुनौतीहरूको बीचमा हामी कहिलेकाहीं आफ्नै शक्तिले प्रतिकूलतालाई जित्ने प्रयास गर्छौँ। यसो गर्दा, हामी हाम्रा कठिनाइहरू पार गर्न वा "छोटकरी बाटो लिन" हाम्रो ख्रीष्टियन चरित्रसँग सम्झौता गर्ने परीक्षामा पर्न सक्छौँ। तर जब हामीले पवित्र आत्माको शक्तिलाई आह्वान गर्छौँ, परिस्थिति जस्तोसुकै भए पनि उहाँले हामीलाई निष्कपटता, सत्यता र इमानदारीका साथ मार्गमा रहन मद्दत गर्नुहुन्छ ।
सफलताको मौसमहरूमा, उही बाइबलीय स्तरहरू अक्षुण्ण रहनुपर्छ। आत्म-सेवा गर्ने घमण्ड र अहंकार हाम्रो जीवनमा परमेश्वरले विकास गर्न चाहनुहुने ख्रीष्टियान चरित्रसँग प्रत्यक्ष द्वन्द्वमा छन्। वास्तवमा, नम्रता हरेक ख्रीष्टियनको लागि परमेश्वरबाट पदोन्नति प्राप्त गर्न जारी राख्नको लागि एक आवश्यकता हो।
"धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।" मत्ती ५:५
ख्रीष्टको जस्तै चरित्रको साथ हामीले हाम्रा चुनौतीहरू र सफलताहरू दुवैको सामना गर्दा, हामी परमेश्वरसँगको हाम्रो हिँडाइमा बढ्न थाल्छौं। हामीले आत्माको फलमा काम गर्नाले हाम्रो भलाइ र उहाँको सम्मानको लागि यसले योगदान दिँदछ भनेर पनि जान्न थाल्छौँ। हामी जति धेरै परमेश्वरसँगको हाम्रो हिँडाइमा बढ्छौँ, परमेश्वरले हाम्रो जीवनमा उत्तिकै धेरै आशिषहरू सुम्पन सक्नुहुन्छ!
धर्मशास्त्र
यस योजनाको बारेमा
![बल र साहस सँग जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39223%2F1280x720.jpg&w=3840&q=75)
तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)