बल र साहस सँग जिउनुहोस्!Sample
![बल र साहस सँग जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39223%2F1280x720.jpg&w=3840&q=75)
"परमेश्वर तपाईँकहाँ आउनुभएको छ!"
अनन्त जीवनको प्रतिज्ञा मानिसजातिले कुनै टाढा ठाउँमा परमेश्वरलाई खोजेर भेटाउने प्रयास गर्नुको सट्टा परमेश्वर आफैँ हामीकहाँ आउनुको परिणाम चाहिँ हो।
समयको सुरुदेखि नै परमेश्वरले हामी प्रत्येकलाई बिना शर्त र अनन्त प्रेमले प्रेम गर्नुभएको छ। उहाँको मूल उद्देश्य हामी प्रत्येकसँग बलियो र जीवन्त सम्बन्ध राख्नु थियो। यद्यपि, जब आदम र हव्वाले बगैंचामा परमेश्वरको अवज्ञा गरे, तिनीहरूको पापले हाम्रो र परमेश्वरको बीचमा एक अवरोध खडा गरिदियो। हामी उहाँबाट सदाको लागि अलग भयौँ।
हामीलाई उहाँबाट अलग रहन दिनुको सट्टा, परमेश्वरले हाम्रो लागि उहाँको अनन्त प्रेम र कृपाद्वारा संचालित पुनर्स्थापनाको लागि एक उत्तम योजना बनाउनुभयो। उहाँको योजनाको लक्ष्य भनेको आदम र हव्वाले पाप गर्नुअघिको जस्तै मानवजातिसँगको उहाँको सम्बन्धको सबैभन्दा घनिष्ट पक्षहरूलाई समेत पूर्ण रूपमा पुनर्स्थापित गर्नु हो।
२००० वर्ष भन्दा पहिले, परमेश्वरले आफ्नो पुत्रलाई पापको कारणले गर्दा भएको अवरोध हटाउन र सबैलाई मुक्ति उपलब्ध गराउन पृथ्वीमा पठाउनुभयो।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।" यूहन्ना ३:१६-१७
आफ्नो मृत्यु र पुनरुत्थान मार्फत, येशुले पापको दण्डको लागि हाम्रो तर्फबाट पूर्ण भुक्तानी गर्नुभयो र हाम्रो र परमेश्वर बीचको अवरोध हटाउनुभयो। यो क्षमा सबैलाई उपलब्ध छ जसले उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्दछ।
तर यो सुरुवात मात्र थियो। स्वर्गमा हुनुहुने आफ्नो पितासँग फेरी सामेल हुनको लागि येशुले पृथ्वीमा आफ्नो समय पूरा गर्नु अघि, उहाँले आफ्ना चेलाहरूलाई चाहिँ मानिसजातिलाई पूर्ण रूपमा आफैँमा पुनर्स्थापित गर्नको लागि उहाँको व्यापक योजनाको अर्को महत्त्वपूर्ण पक्ष वर्णन गर्नुभयो:
मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” यूहन्ना १४:२-३
परमेश्वरले येशुलाई पापको बाधा हटाउन मात्र पठाउनु भएन, तर भविष्यमा एक दिन येशु सबै विश्वासीहरूलाई "घर" लगेर उहाँसँग सधैँभरि हुनको लागि फर्कनुहुनेछ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![बल र साहस सँग जिउनुहोस्!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39223%2F1280x720.jpg&w=3840&q=75)
तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)