YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

बल र साहस सँग जिउनुहोस्!Sample

बल र साहस सँग जिउनुहोस्!

दिन 4 को 8

"उहाँको कार्य व्यक्तिगत हो"

सृष्टिको सुरुदेखि नै पवित्र आत्मा उपस्थित हुनुभएको छ र सबै पुस्ताहरूका लागि हामी माझ वास गरिरहनुभएको छ।

"पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो" उत्पत्ति १:२

तर पवित्र आत्माको सेवकाई प्रत्येक विश्वासीका लागि व्यक्तिगत र घनिष्ठ चाहिँ येशुले क्रुसमा आफ्नो काम पूरा गरिसक्नु भएपछि भयो। येशुले आफ्ना चेलाहरूलाई उहाँ मर्नु अघि बताउनुभयो कि पवित्र आत्मा तिनीहरूमा उपस्थित त हुनुहुन्थ्यो, तर अझै तिनीहरूमा रहनुभएको थिएन।

“किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। " यूहन्ना १४:१७-१८

उहाँको मृत्यु हुनुभन्दा ठीक अघि उहाँका चेलाहरूलाई सान्त्वना दिने येशुको प्रतिज्ञा थियो कि उहाँ अझै पनि तिनीहरूको जीवनमा पवित्र आत्माको उपस्थितिद्वारा आत्मिक रूपमा तिनीहरूसँग रहनुहुनेछ। येशुले सुरु गर्नुभएको काम पवित्र आत्माद्वारा हाम्रो जीवनमा जारी छ। परमेश्वरले हामीमा पवित्र आत्मालाई चारवटा काम गर्न प्रयोग गर्नुहुन्छ:

१. उहाँले मुक्तिलाई व्यक्तिगत स्तरमा वास्तविक बनाउनुहुन्छ।

२. उहाँले तपाईँलाई विजयी रूपमा जिउन शक्ति दिनुहुन्छ।

३. उहाँले तपाईँलाई बढ्न मद्दत गर्न ख्रीष्टियान चरित्र निर्माण गर्नुहुन्छ।

४. उहाँले सबै कुरा तपाईँको भलाइको लागि गर्नुहुन्छ।

Day 3Day 5

यस योजनाको बारेमा

बल र साहस सँग जिउनुहोस्!

तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne