बल र साहस सँग जिउनुहोस्!Sample

"स्वर्गको राजदूत - पवित्र आत्मा"
राजदूत भनेको सरकारको आधिकारिक प्रतिनिधि हो जसलाई जनताको बीचमा रहन, शान्ति र सद्भावनाको उद्देश्य पूर्ण कार्यन्वयन गर्न पठाइन्छ। उसले प्रतिनिधित्व गर्ने सरकारको अधिकार, उदारता र स्रोतहरूद्वारा आफ्नो कर्तव्यहरू पूरा गर्दछ। उसलाई दिइएको पूर्ण भरोसा सहित, उसले आफ्नो उद्देश्यलाई मर्यादा र कार्य पूरा गर्ने लक्ष्य सहित आफ्नो जिम्मेवारी पूरा गर्दछ।
धेरै तरिकामा, पवित्र आत्माको कार्य स्वर्गबाट एक राजदूतको जस्तै देखिन्छ। पवित्र आत्माले परमेश्वरको सबै अधिकार, शक्ति र स्रोतहरूलाई मूर्त रूप दिनुहुन्छ र उहाँको उपस्थिति र उहाँको काम मार्फत पृथ्वीमा प्रत्येक व्यक्तिलाई परमेश्वरको प्रेम व्यक्त र प्रकट गर्नुहुन्छ।
जब उहाँका चेलाहरूसँग येशुको समय सकिन लागेको थियो, उहाँले तिनीहरूलाई उहाँ जानुभएपछि एक्लै छोडिनेछैनन् भन्नुभयो। उहाँले तिनीहरूलाई उहाँको ठाउँमा पठाइने एक जनाको बारेमा बताउनुभयो जसले तिनीहरूलाई डोऱ्याउने, सिकाउने, सान्त्वना दिने र अगुवाइ गर्ने काम गर्नुहुनेछ -उहाँ पवित्र आत्मा हुनुहुन्छ। येशुले भन्नुभयो:
“तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।" यूहन्ना १६:७
पृथ्वीमा येशुको काम पूरा भएपछि, उहाँले फेरि नआउञ्जेल उहाँको ठाउँमा हामीसँग रहन पवित्र आत्मा पठाउनुभयो। पवित्र आत्माले हाम्रो जीवनमा मार्गदर्शन, नेतृत्व, सान्त्वना र सल्लाह प्रदान गर्नुहुन्छ। येशुले आफ्ना चेलाहरूलाई पवित्र आत्मा बारे यसरी वर्णन गर्नुभयो:
“तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।" यूहन्ना १४:२६
परमेश्वरको उपस्थिति आज हामीसँग पवित्र आत्माको रूपमा छ र उहाँ हाम्रो संसारमा र हाम्रो जीवनमा सक्रिय रूपमा काम गर्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)

बोलावट

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
