YouVersion लोगो
खोज आइकन

बच्चाहरूको लागि क्रिसमस: शान्तिका १२ दिनहरूनमूना

Christmas for Kids: 12 Days of Peace

दिन 4 को 12

यीसैको जरा : सबै मानिसहरूका लागि शान्तिदूत

लेखक: सब्रिना

कथा
जब म सानो थिएँ, मसँग धेरै स्मार्ट कुकुरको छाउरो थियो। उनीसँग रसी थिएन किनभने उनी मेरो नजिक कसरी हिंड्न जान्द्थियो । उ दिनभरि घरबाट टाढा बिताउन सक्थ्यो , तर उस लाई घर फर्कने बाटो थाहा थियो। उ चंचल थियो , हाम्रो घरको रक्षा गर्न मात्र भुक्नेगर्थ्यो, र उसलाई अँगालो हाल्न मन पर्थ्यो। . . . एक दिन उसले आक्रमण गरेर एउटा चरा खायो ! के हो? हो, मेरो मीठो र स्मार्ट छाउरोले मेरी बहिनीले क्रिसमस उपहारको रूपमापाएको चरा खायो। म असाध्यै निराश र दुःखी भएँ । मेरो प्यारो छाउरोले किन निर्दोष चरासँग शान्तिपूर्वक बस्न सकेन भनेर मैले बुझ्न सकिनँ।

धर्मशास्त्र
पढ्नुहोस यशैया ११; १-९.

सोच्नुहोस
एकछिन पर्खिनु होस् , के ? के ब्वाँसो थुमासँगै बाँच्नेछ? के चितुवा बाख्रासँगै सुत्नेछ?के सिंह र मोटाएको बाछो सँगै चराउन र बच्चाले तिनीहरूलाई डोऱ्याउँछ? यसको अर्थ के हो? त्यो कसरी सम्भव छ? 

यशैया ११ मा अगमवक्ताले मसीहको शान्तिपूर्ण राज्यको घोषणा गर्छन् र येशूसित सधैंभरि बाँच्न पाउनु कस्तो हुनेछ भनेर वर्णन गर्छन् । वाह! तर जङ्गली जनावर र केटाकेटीहरू समेत पूर्ण तवरमा एकसाथ बस्नेछन् भन्ने कस्तो शान्ति छ? हामी अहिले यो शान्तिलाई पूर्ण रूपमा बुझ्न सक्नेछैनौं, तर एक दिन हामी यो अनुभव गर्नेछौं जब हामी येशू ख्रीष्टसँग हुनेछौं, हाम्रो एकमात्र आशा र शान्ति। . अनि हो, हामी देशहरू, विभिन्न मानिसहरू र शत्रुहरूबीच पनि शान्ति देख्नेछौं। पृथ्वीमा साँचो शान्ति हुनेछ। . जब यस्तो हुन्छ, कसैले पनि कुनै हानि गर्दैन वा कुनै पनि चीजलाई नष्ट गर्दैन। परमेश्‍वरले असम्भव कुराहरू गर्नुहुनेछ र गर्नुहुन्छ र उहाँले सबैलाई शान्ति दिनुहुनेछ, पशुहरूमा समेत!

केहि गर्नुहोस
आज, कुनै एक व्यक्ति विशेषलाई शान्ति प्रदान गर्न तपाईंले गर्न सक्ने केही कुराहरूको सूची बनाउनुहोस्। सायद तपाईं एल्डरलाई चिठी लेख्न सक्नुहुन्छ, वा आफ्ना हजुरबा हजुरआमालाई फोन गर्न सक्नुहुन्छ, वा छिमेकीको लागि कुकीज पकाउन सक्नुहुन्छ। एउटा कुरा छान्नुहोस् र तपाईंको परिवारलाई तपाईंलाई शान्तिको दुत बन्न मदत गर्न सोध्नुहोस्।

प्रार्थना गर्नुहोस
प्रिय परमेश्‍वर, तपाईंले सबैलाई दिनुहुने शान्तिको लागि धन्यवाद। धन्यवाद, शान्ति भनेको के हो भनेर मैले पूर्णतया नबुझे तापनि म विश्वास गर्न सक्छु कि कुनै बाटो नभएको बेला तपाईंले बाटो बनाउनुहुनेछ। आमेन।

धर्मशास्त्र

दिन 3दिन 5

यस योजनाको बारेमा

Christmas for Kids: 12 Days of Peace

बच्चाहरूको लागि यो १२ -दिवसीय योजनामा, तपाईंले येशूमार्फत आउने शान्तिको वरदानको बारेमा सबै पढ्न पाउनुहुनेछ र हामी कसरी हरेक दिन हाम्रो हृदयमा त्यो शान्ति प्राप्त गर्न सक्छौं!

More

हामी यो योजना प्रदान गर्नका लागि कलवरी चैपल एफटी लाउडरडेललाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://CalvaryFTL.org/Bible-Plans