YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

बच्चाहरूको लागि क्रिसमस: शान्तिका १२ दिनहरूSample

Christmas for Kids: 12 Days of Peace

दिन 6 को 12

शान्तिको मार्ग प्रज्वलित गर्दै

लेखक जनिस

कथा
अनुमान लगाउनुहोस् के? जब म सानो थिएँ, मेरो कुनै पनि भाइबहिनी थिएनन्। मैले आठ वर्षसम्म एउटा सानो भाइको लागि प्रार्थना गरें, प्रार्थना गरें र प्रार्थना गरें! अनि अन्तमा, परमेश्‍वरले मेरो प्रार्थना र मेरो आमा र बुबाको प्रार्थनाको जवाफ दिनुभयो, र मेरी आमाले बच्चा जन्माउनुभयो! जब मेरो बच्चा भाइ जन्मियो, हामी असाध्यै खुसी भयौं!उसले हामीलाई धेरै आनन्द र खुशियाली दियो ।उ एक चमत्कारिक बच्चाथियो ।हामी जान्दछौं कि परमेश्‍वरसित उहाँका लागि एउटा विशेष योजना छ र उहाँ ठीक समयमा जन्मनुभएको हो!

धर्म शास्त्र
पढ्नुहोस लुका १:५-२५ र ६७-८०.

सोच्नुहोस
के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुहुन्छ? के तपाईंलाई लाग्छ, परमेश्‍वरको लागि कुनै पनि कुरा असाध्यै गाह्रो छ? विश्वासले परमेश्‍वरलाई खुसी पार्छ भन्ने के तपाईंलाई लाग्छ? के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्‍वरसँग प्रत्येक व्यक्तिको जीवनको लागि योजना छ?

यूहन्नाको जीवनको लागि परमेश्‍वरको योजना परमेश्‍वरका जनहरूलाई येशूमा विश्वास गर्न तयार पार्नु थियो। तपाईंको जीवनको लागि परमेश्‍वरसँग पनि एउटा योजना छ! उहाँले हामी प्रत्येकलाई सृष्टि गर्नुभयो र उहाँले हामी जन्मनुभन्दा पहिले नै हाम्रो बारेमा जान्नुभएको थियो- जसरी उहाँले मेरो सानो भाइको बारेमा जान्नुभएको थियो।हाम्रो जीवनको लागि परमेश्‍वरको योजना के हो भने हामी सधैंभरि येशूलाई प्रेम र सेवा गर्नु हो! हामीले अरूको सेवा गर्दा र अरूलाई प्रेम गर्दा मानिसहरूलाई येशूमा विश्वास गर्ने बाटो तयार पार्न मदत गर्न सक्छौं।

केहि गर्नुहोस
आज आफ्ना छिमेकीहरूको लागि केही राम्रो गरेर तिनीहरूको सेवा गर्नुहोस्। आफ्ना आमाबाबुलाई केहीतरिकाहरू सोध्नुहोस्!

प्रार्थना गर्नुहोस
प्रिय येशू, तपाईं मेरो लागि र मेरो सम्पूर्ण जीवनको लागि एक योजना छ भनेर धन्यवाद। म चाहन्छु कि तपाईंले संसारलाई बचाउनको लागि आफ्नो योजनामा मलाई प्रयोग गर्नुहोस्। आमेन।

धर्मशास्त्र

Day 5Day 7

यस योजनाको बारेमा

Christmas for Kids: 12 Days of Peace

बच्चाहरूको लागि यो १२ -दिवसीय योजनामा, तपाईंले येशूमार्फत आउने शान्तिको वरदानको बारेमा सबै पढ्न पाउनुहुनेछ र हामी कसरी हरेक दिन हाम्रो हृदयमा त्यो शान्ति प्राप्त गर्न सक्छौं!

More

हामी यो योजना प्रदान गर्नका लागि कलवरी चैपल एफटी लाउडरडेललाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: http://CalvaryFTL.org/Bible-Plans