बच्चाहरूको लागि क्रिसमस: शान्तिका १२ दिनहरूनमूना
इम्मानुएल शान्तिका परमेश्वर हामीहरूसीत
लेखक सब्रिना
कथा
म सानो छँदा क्रिसमसको रात कस्तो थियो भन्ने कुराको धेरै सुखद सम्झनाहरू मसँग छन्। हाम्रो सबैभन्दा ठूलो आनन्द क्रिसमसका उपहारहरू प्राप्त गर्नु होइन, तर उपहारहरू कसरी प्राप्त गर्नेछौं भनेर पत्ता लगाउने प्रयास गर्नु थियो। मलाई याद छ एक वर्ष, मेरो बुबाले छतमा सबै उपहारहरू राख्नुभयो र जब उहाँ तिनीहरूलाई लिन जानुभयो, अनुमान लगाउनुहोस् के भयो? निस्सन्देह, तिनी छतबाट खसे! अर्को वर्ष, उहाँले पूल को छेउमा उपहार हरू छोड्नुभयो र जब उहाँ उपहारहरू लिन जानुभयो, के भयो? निस्सन्देह, तिनी पोखरीमा खसे!
तपाईंको मनपर्ने क्रिसमस सम्झनाहरू के हुन्?
धर्मशास्त्र
पढ्नुहोस मत्ती १: १५-२४.
विचार गर्नुहोस
वाह, यो क्रिसमस कथा हो, येशूको जन्म! मत्तीले हामीलाई येशूको पहिलो क्रिसमस, परमेश्वरले यूसुफ र मरियमको हेरचाह कसरी गर्नुभयो र उहाँको नाउँ कस्तो हुने थियो भनेर पनि बताउँछ। के यो अविश्वसनीय छैन? र आज पनि, २,००० वर्ष भन्दा बढी पछि, वर्षमा एक पटक हामी क्रिसमसको कथा रोक्न, सोच्न, सम्झन र पुनरावृत्ति गर्न सक्छौं।
कल्पना गर्नुहोस् कि तपाईंले येशूलाई क्रिसमस भनेको के हो भनेर सोध्नुभएको छ। उहाँले क्रिसमस उहाँको नाउँमा छ भनेर तपाईंलाई जवाफ दिनुहुनेछ: परमेश्वर यहाँ हुनुहुन्छ, परमेश्वर हाम्रो साथमा हुनुहुन्छ! हो, येशू जन्मनुहुँदा परमेश्वर हामीमाझ उपस्थित हुनुहुन्थ्यो । उहाँ यहाँ पृथ्वीमा हामीसँग बस्न आउनुभयो र हामीलाई हाम्रा पापहरूबाट बचाउनुभयो ताकि उहाँ हाम्रो हृदयमा बाँच्न सकून् र ताकि हामी स्वर्गमा उहाँसँग बाँच्न सकूँ!
मलाई साँच्चै एउटा गीत मन पर्छ जसले भन्छ कि "परमेश्वर मेरो परवाह नगरी आकाशमा धेरै टाढा हुनुहुन्न, तर उहाँ मेरो छेउमा हुनुहुन्छ किनभने हरेक दिन; उहाँले मेरो हेरचाह गर्नुभएको मैले महसुस गरेको छु र यसैले म शान्ति पाउन सक्छु। उहाँ हामीमाझ हुनुहुन्छ, उहाँ संसारमा शान्ति ल्याउन आउनुभएको हो! यो क्रिसमसको अर्थ हो।
केहि गर्नुहोस
कल्पना गर्नुहोस्, आज तपाईं येशूसित विशेष सभा गर्न जाँदै हुनुहुन्छ। तपाईं उहाँलाई के भन्न चाहनुहुन्छ केही नोटहरू लिनुहोस्। उहाँ आज तपाईंसँग हुनुहुन्छ, अहिले!
प्रार्थना गर्नुहोस
धन्यवाद, येशू, यहाँ हुनुभएकोमा र मलाई र मेरो परिवारको हेरचाह गर्नुभएकोमा। क्रिसमसको लागि धन्यवाद र हामीलाई शान्ति ल्याउनुभएकोमा धन्यवाद! आमीन।
धर्मशास्त्र
यस योजनाको बारेमा
बच्चाहरूको लागि यो १२ -दिवसीय योजनामा, तपाईंले येशूमार्फत आउने शान्तिको वरदानको बारेमा सबै पढ्न पाउनुहुनेछ र हामी कसरी हरेक दिन हाम्रो हृदयमा त्यो शान्ति प्राप्त गर्न सक्छौं!
More