YouVersion लोगो
खोज आइकन

यशैया 11:1-9

यशैया 11:1-9 NNRV

यिशैको ठुटाबाट एउटा टुसा निस्‍कनेछ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउनेछ। परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्‍साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। तर खाँचोमा परेकाहरूको न्‍याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्‍वीका गरीबहरूका लागि उहाँले न्‍यायसित फैसला गरिदिनुहुनेछ। आफ्‍नो मुखको लाठोले उहाँले पृथ्‍वीलाई हिर्काउनुहुनेछ, र आफ्‍नो ओठको सासले दुष्‍टलाई नाश गर्नुहुनेछ। उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्‍मरको पटुका सत्‍यता हुनेछ। ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ। गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्‍केर बस्‍नेछन्‌। र सिंहले गोरुले झैँ पराल खानेछ। दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्‍नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्‍नो हात हाल्‍नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्‍सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।