परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना

मानव अवस्थाको अंशले हाम्रो जीवन र परिस्थितिलाई नियन्त्रण गर्न आवश्यक महसुस गरिरहेको हुन्छ। जब जीवन हामीले सोचे अनुसार चल्दैन तब हामी यता उता गर्दैँ निद्रा गुमाउँछौँ। येशूले आफ्ना चेलाहरूलाई सम्झाउनुभयो कि भविष्यको चिन्तामा बाँच्नु भनेको उहाँमा विश्वासको कमी हो।
जब एक धनी, जवान शासकले आफ्नो सम्पत्ति त्यागेर येशूलाई पछ्याउने निर्णय गरेन, येशूले आफ्ना चेलाहरूलाई जीवनमा साँच्चै महत्त्वपूर्ण के हो भनेर निर्देशन दिनुभयो। येशूको अनुयायीको रूपमा जीवन सान्त्वनाको बारेमा होइन: यो उहाँको नामलाई चिनाउने बारेमा हो। जब हामी येशूको नाम महान् बनाउने लक्ष्यमा बाँच्दछौँ, उहाँले हाम्रा आवश्यकताहरू पूरा गर्नुहुनेछ। हाम्रो स्वर्गीय पिताले सधैँ चराहरूको लागि उपलब्ध गराउनुभएझैँ हाम्रो लागि पनि सधैँ उपलब्ध गराउनुहुनेछ।
उहाँले हाम्रो कति ख्याल राख्नुहुन्छ भनी जानोस् भनेर परमेश्वर चाहनुहुन्छ। उहाँले हाम्रो लागि जुटाउनु हुन्छ भनेर विश्वास गर्न सक्छौँ। उहाँको प्रबन्ध हाम्रो बैंक खाता वा ठूलो घरमा प्रशस्त पैसा जस्तो देखिँदैन, तर उहाँले हाम्रा आवश्यकताहरू पूरा गर्ने वाचा गर्नुहुन्छ।
तपाईको जीवनको कुन क्षेत्रमा परमेश्वरले जुटाउनु हुनेछ भन्ने कुरा विश्वास गर्न गाह्रो छ? उहाँ तपाईको हेरचाह गर्न चाहनुहुन्छ। जब हामी पार्थिव जवाफहरूको सट्टा उहाँलाई हेर्छौँ, बाटो अचानक उज्यालो हुन्छ। भविष्यको चिन्ता गर्नु भन्दा पहिले उहाँलाई कसरी खोज्न सक्नुहुन्छ?
हे परमेश्वर पिता, तपाईको भलाइको लागि धन्यवाद। मलाई यति धेरै माया गर्नुभएकोमा धन्यवाद कि तपाईले मेरो जीवनको लागि तपाईको योजना पहिले नै निर्धारित गर्नु भयो। मेरो चाहना र इच्छाहरू त्यागेर मलाई तपाईमा भरोसा गर्न मद्दत गर्नुहोस् ताकि म तपाई र तपाईको राज्यमा ध्यान केन्द्रित गर्न सकूँ। मेरो विश्वास निर्माण गर्नुहोस् ताकि म तपाईलाई थप खोज्न सकूँ। येशूको नाममा, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More
सम्बन्धित भक्त्ति पाठहरू

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
