परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना

हामी डर र चिन्तामा हाम्रो अध्ययन समाप्त गर्दै गर्दा, हामी किन डरको समयको सामना गर्छौँ वा हामी किन चिन्ता अनुभव गर्छौँ भन्ने सबै जवाफहरू नहुन सक्छ। हामीलाई थाहा छ कि हामी परमेश्वरको सेवा गर्छौँ जसले हामीलाई सबै भन्दा बढी माया गर्नुहुन्छ। हामी जन्मनुअघि नै उहाँसँग हाम्रो जीवनको योजना थियो।
हाम्रो कर्तव्य भनेको उहाँमा भरोसा गर्नु हो, हामीले हाम्रा परिस्थितिहरू नबुझे पनि। हामीले उहाँलाई हाम्रो सर्वशक्तिमान प्रभुको रूपमा स्वीकार गर्नुपर्छ जो सबैमाथि शक्तिशाली हुनुहुन्छ। जब हामी उहाँमा भरोसा गर्छौँ, हाम्रो विश्वासले हामीलाई नवीकरण गर्छ। यसले हामीलाई आशा र नयाँ दृष्टिकोण दिन्छ।
तपाईले पछिल्लो ६ हप्तामा नयाँ दृष्टिकोण कसरी अनुभव गर्नुभएको छ? प्रभुसँगको तपाईको सम्बन्धको कुन पक्ष बढेको छ? जब तपाईको अगाडि आउने कठिन समयहरूको सामना गर्नु हुन्छ, विश्वासमा हिंडिरहँदा तपाईको समझको सट्टा परमेश्वरको चरित्रमा भरोसा राख्नुहोस्।
हे परमेश्वर पिता, तपाईको ज्ञान र अनुग्रहको लागि धन्यवाद। कठिन समयमा पनि तपाईले मेरो पाइलाहरू डोऱ्याउनु भएकोमा धन्यवाद। तपाईले दिन सक्ने आनन्दको लागि धन्यवाद। मलाई विश्वासमा हिड्न जारी राख्न मद्दत गर्नुहोस् ताकी म तपाईमा मेरो भरोसा बढ्दै लान सकुँ। तपाईको पुत्रको लागि धन्यवाद, जसमा म मेरो शान्ति पाउँछु। येशूको नाममा, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More
सम्बन्धित भक्त्ति पाठहरू

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ग्रेसको गान (Anthem of Grace)

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना
