परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना
दाउद, एक राजा जो परमेश्वरको हृदयको मान्छे हुन् साथै भजनसंग्रह ९४ का लेखक पनि हुन् र पनि उनि तनाब देखि सुरक्षित थिएनन्। अभिषिक्त राजाले राजा शाऊलबाट भाग्दै र आफ्नो जीवन बचाउन गुफाहरूमा लुकेर वर्षौँ बिताए। दाऊदले शाऊलको ईर्ष्या वा आक्रामकताको योग्य हुने कुनै पनि काम गरेका थिएनन्। उनी शाऊलको आफ्नै पापीपनको सिकार भए। यद्यपि, दाउदको सबैभन्दा अन्धकारमय क्षणहरूमा पनि, उनले आफ्नो आनन्द र आफ्नो शक्तिको लागि परमेश्वरलाई हेरे।
के कुराले दाऊदलाई परमेश्वरको हृदयको मानिस बनाएको थियो भन्दा उनले सबै भन्दा माथि परमेश्वरसँगको आफ्नो सम्बन्धलाई प्राथमिकता दिने उनको क्षमता भएर। हामी दाउदबाट सिक्छौँ कि हामी डरको समयबाट बच्न सक्दैनौँ। त्यस समयमा, हामी हाम्रो सान्त्वना र आनन्दको रूपमा परमेश्वरलाई हेर्न सक्छौँ। परमेश्वर हाम्रो समस्याको समयमा हामीसँग हिंड्नुहुनेछ।
कहिलेकाहीँ, जीवनले समस्याहरु यसरी फ्याँक्छ जुन कहिले सोचेको हुदैन। यस समयमा, त्यहाँ शारीरिक, भावनात्मक र आत्मिक पीडा हुन सक्छ। हामी एक मुक्तिदाताको सेवा गर्छौँ जसले हाम्रो लागि पीडा लिनुभयो र जसले हाम्रो बोझ उठाउनुहुन्छ। हामीसँग स्वर्गीय पिता हुनुहुन्छ जसले हामीलाई सान्त्वना दिनुहुन्छ र हामी दुखी र अभिभूत हुँदा हामीलाई आनन्द दिनुहुन्छ।
हे परमेश्वर पिता, धन्यवाद तपाईलाई जो मेरो सान्त्वना र आनन्द हुनुहुन्छ। ती दिनहरूमा जब म अभिभूत हुन्छु, मेरो लागि मेरो पीडा बोक्नुहोस्। जब म कमजोर हुन्छु, मेरो शक्ति बन्नुहोस्। जब मसँग कुनै शब्द हुन्न, मेरो तर्फबाट मध्यस्थता गर्नुहोस्। मलाई चोट पुर्याउनेहरूलाई क्षमा गर्न मद्दत गर्नुहोस् र मैले अरूलाई चोट पुर्याएको समयहरू चिन्न मद्दत गर्नुहोस्। येशूको नाममा, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा
के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More