परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना
डर वा चिन्ताको क्षणहरूमा, हामी कहिलेकाहीँ हाम्रो डरको लागि दोषी महसुस गर्छौँ। असल मित्रहरूले हामीलाई थप विश्वास गर्न प्रोत्साहन दिन्छन्, जसले हामीलाई अझ नराम्रो महसुस गराउँछ। शर्म र निराशाले प्रामाणिकता र शान्तिको लागि हाम्रो खोजलाई हानि गर्न थाल्छ।
हामीले आफ्नो डरको लागि आफैलाई निन्दा गर्दा धर्मशास्त्रले हामीलाई प्रोत्साहन हुन साहस दिन्छ। रोमीहरूमा, पावलले विश्वासीहरूलाई ख्रीष्टद्वारा हामीले पाएको स्वतन्त्रताको सम्झना गराए। जो कोही येशूको हो उसको लागि कुनै दण्डको आज्ञा छैन। यी जीवन र आशाका शब्दहरू हुन्। परमेश्वरले हामीलाई प्रत्येक गल्तीको लागि दण्ड र न्याय गर्न पर्खनुभएको छैन। उहाँको मायालु दयाबाट उहाँले हामीलाई पाप र मृत्युबाट मुक्त गर्न उहाँको पुत्र पठाउनुभयो। त्यसकारण, जब हामी डर महसुस गर्छौँ हामी उहाँ कहाँ जान सक्छौँ।
डर वा चिन्ताको ऋतुहरुको कारणले तपाईले दण्ड वा लाजको विचारहरू कसरी अनुभव गर्नुभएको छ? के तपाईले त्यो अनुभवलाई येशू सँग नजिक हुन प्रयोग गर्न सक्नुहुन्छ? प्रभु हामी जस्तो छौँ उहाँ कहाँ आएको चाहनुहुन्छ।
हे परमेश्वर पिता, मलाई तपाई सम्म पुग्न स्वतन्त्रता दिनुभएकोमा धन्यवाद। म तपाईको अटल प्रेमको लागि प्रशंसा गर्दछु। तपाईको पुत्रको लागि धन्यवाद, जसले मेरो तर्फबाट मर्नुभयो। जब म आफैंलाई दोषी ठहराउँछु वा अरूले निन्दा गरेको महसुस गर्छु भने मलाई मप्रति तपाईको अनुग्रह देख्न मद्दत गर्नुहोस्। तपाईको आत्माले मलाई शान्तिको मार्गमा डोऱ्याइरहन जारी राखोस्। येशूको नाममा, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा
के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More