उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ। किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गीभन्दा ज्यादै बढ़ी मोलका छौ! तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ? यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ?
लूका 12 पढ्नुहोस्
सुन्नुहोस् लूका 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:22-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू