परमेश्वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना
जब हामी चिन्ताको ऋतुमा बाँचिरहेका हुन्छौँ, हामीले कहिलेकाहीँ हाम्रो जीवनका नकारात्मक पक्षहरूमा मात्र ध्यान केन्द्रित गरेको पाउँछौँ। हाम्रो मन नचाहिने विचारहरूले भरिएको हुन्छ। हामी निराशाको भुमरीमा बस्नु पर्दैन। परमेश्वरले हामीलाई हाम्रा नकारात्मक विचारहरू हटाउन र तिनीहरूलाई सत्यमा परिवर्तन गर्ने क्षमता दिनुहुन्छ।
परमेश्वरले हामीलाई शक्ति, प्रेम र आत्म-नियन्त्रणको आत्मा दिनुभएको छ (२ तिमोथी १:७)। हामी भित्रको शक्ति प्रयोग गरेर, हामीले आफ्नो दिमागलाई परमेश्वरको सन्तानको रूपमा स्थापित गर्नुपर्छ। जब हामी हाम्रा विचारहरू येशू को हुनुहुन्छ र उहाँ के गर्दै हुनुहुन्छ भनेर डरबाट फर्काउँछौँ र सत्यमा ध्यान दिन्छौँ, हाम्रो विश्वासले पहाडहरू ढाल्न सक्छ।
डरको ऋतुमा पनि परमेश्वरका कुराहरू खोज्न जारी राखौँ। हामीले सत्य, सहि, महान्, प्यारो, योग्य, उत्कृष्ट र प्रशंसनीय कुरामा ध्यान दिनु आवश्यक छ। हामी प्रार्थना, परमेश्वरको वचनमा समय र सँगी विश्वासीहरूसँग संगति मार्फत यी कुराहरूमा ध्यान केन्द्रित गर्न आफैलाई प्रशिक्षण दिन सक्छौँ।
हे परमेश्वर पिता, तपाईको पुत्र मार्फत, तपाईले मलाई शान्तिको जीवनमा बोलाउनुभएकोमा धन्यवाद। हे प्रभु, मलाई तपाईमा शान्ति पाउन मद्दत गर्नुहोस्। म तपाईमा ध्यान केन्द्रित गर्न सक्ने दिमाग दिनु भएकोमा तपाईको प्रशंसा गर्दछु। सबै भन्दा माथि तपाईलाई खोज्ने हृदय दिनुहोस्। येशूको नाममा, आमेन।
यस योजनाको बारेमा
के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!
More