YouVersion लोगो
खोज आइकन

परमेश्‍वरलाई धेरै माया गर्नुहोस्: डर र चिन्तानमूना

Love God Greatly: Fear & Anxiety

दिन 26 को 40

कहिलेकाहीं, जीवनले हामीलाई गहिरो पानीमा लैजान्छ जसबाट हामीले हिड्नु पर्छ। परमेश्‍वरले हामीसँग पानीबाट हिड्नु परेता पनि उहाँ हामी सँग हुने प्रतिज्ञा गर्नुहुन्छ। हामीले निराशामा डुबिरहेको जस्तो महसुस गर्नुपर्दैन किनभने हाम्रा स्वर्गीय पिताले हामीलाई समात्नु भएको छ। उहाँले हाम्रो हात समातेर प्रोत्साहन गर्नु भएको छ।

ख्रीष्टद्वारा, परमेश्‍वरले हामीलाई मृत्यु, दोष र डरबाट मुक्त गर्नुभएको छ। येशूको कारणले हामीसँग जीवन, आशा र आनन्द छ। त्यसकारण, जस्तोसुकै परिस्थितिमा हामी बाँच्न सक्छौँ र सास फेर्न सक्छौँ। येशूले अन्तिम मूल्य चुकाउनु भएको छ। हामी परमेश्‍वरको हो। जुनसुकै कुरा हाम्रो जीवनमा आए पनि उहाँको बलिदानको कारण, हामी उहाँको उपस्थितिमा आराम गर्न सक्छौँ।

तपाई परमेश्‍वरको हुनुहुन्छ भनी थाहा पाउनुले तपाईलाई डरको समयमा कसरी विजय प्राप्त गर्न मद्दत गर्छ? परीक्षा र अराजकताको समयमा पनि परमेश्‍वर तपाईसँग हिंड्नुहुनेछ। उहाँले बाटो देखाउनु हुनेछ। हामीले हाम्रो उद्धारकर्तालाई समात्नु पर्छ।

हे परमेश्‍वर पिता, मेरो पापको मोल तिर्न आफ्नो पुत्र पठाउनु भएकोमा धन्यवाद। मलाई तपाईसँगको सम्बन्धमा बोलाउनु भएकोमा धन्यवाद। तपाई कसरी मेरो कठिन परिस्थितिमा काममा हुनुहुन्छ भनेर देख्न मलाई मद्दत गर्नुहोस्। तपाईको वचनद्वारा मलाई तपाईको सत्य देखाउनुहोस्। येशूको नाममा, आमेन।

धर्मशास्त्र

दिन 25दिन 27

यस योजनाको बारेमा

Love God Greatly: Fear & Anxiety

के तपाई डर र चिन्ताबाट छुट्कारा खोज्दै हुनुहुन्छ? यस ६-हप्ताको अध्ययनमा, हामी डर र चिन्ताको बारेमा परमेश्‍वरले के भन्नुहुन्छ भनेर पत्ता लगाउनेछौँ। उहाँको वचनको शक्तिद्वारा हामीले यसलाई कसरी लड्न सक्छौँ भनेर हामी सिक्नेछौँ। हामीले हाम्रो हृदयलाई दुखेकोबाट स्वतन्त्रता र हाम्रो दिमागलाई चाहिने शान्ति पाउनेछौँ। हाम्रो पक्षमा परमेश्‍वर र उहाँका वचनहरू हाम्रो हृदय र दिमागमा राखेर, हामी हाम्रो डरलाई जित्नेछौँ!

More

हामीलाई यो योजना प्रदान गर्नुभएकोमा परमेश्‍वरलाई धेरै माया गर्नुहोस् लाई धेरै धन्यवाद दिन चाहन्छौँ। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://lovegodgreatly.com/lgg/bible-studies/