इस्टरसम्बन्धी कथानमूना
आइतबार
यस अद्भुत दिनमा, हामी क्रुस, खाली चिहान र यसले हामीलाई दिएको सबै कुरामा मनन् गर्न समय बिताउनेछौं । "जाऊ र चेला बनाऊ" भन्ने आजका दिनमा हामीलाई बोलावट भएको कुरामा पनि मनन् गरौं । ख्रीष्टले आफ्ना चेलाहरूलाई दिनुभएको साँचो अनुग्रहको सुसमाचार केवल लिने मात्र नभएर अरुलाई बाँड्नु पनि हो । येशूले आफ्ना चेलाहरूलाई अरू चेलाहरू बनाउन, अर्थात फल फलाउनको लागि सुसज्जित पार्नुभयो । हामी भन्न सक्छौं कि यो कार्य निरन्तर अघि बढ्दैगयो किनभने तिनीहरूले चेला बनाएका मानिसहरूले पनि चेला बनाइरहेका थिए । र यसरी नै यो दुई हजार वर्ष बितिसकेको छ । तर हरेक पुस्तामा, पक्कै पनि हाम्रोमा, कहिलेकाहीँ हामीले फैलाउने सुसमाचार कमजोर बन्न पुगेको छ । साँचो रुपमा फल फलाउनुको सट्टा, हामी बीउविहीन दाखको खेती गर्छौं । आज जसै हामीले प्राप्त गरेको अनुग्रहको लागि परमेश्वरलाई आराधना र धन्यवाद दिन समय बिताउनेछौं त्यो अनुग्रह बाँड्न र महानआज्ञानुसार जीवन जिउन पहिले भन्दा अझ बढी चुनौतिको सामना गर्न सकौं भनेर प्रार्थना गरौं ।.

यस योजनाको बारेमा
यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थना, गहिरो छलफल, प्रतीकात्मक कार्यहरु, र संसार परिवर्तन गर्ने घटनाहरुले भरिएको थियो । इस्टरअघि सोमबार सुरु गर्न योजना गरिएको, यो जीवनको प्रत्येक दिन । मण्डलीको बाइबल अध्ययनसम्बन्धी योजना जसले तपाईंलाई पवित्र हप्ताको बारेमा यी कथाहरुको खुलासा गर्दछ ।.
More
यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church