इस्टरसम्बन्धी कथानमूना
दाखबारीको तस्विरमा, हामीले हामी को हौं भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । हामी हाँगाहरू हौं । हाम्रो एउटै काम येशू जो दाखको बोट हुनुहन्छ, उहाँमा रहिरहनु हो । यसो गर्दा हामीले हाम्रो एकमात्र उद्देश्य पूरा गर्नेछौंः त्यो भनेको फल फलाउनु हो । साँच्चै भन्नुपर्दा दाखबारीमा हुने अन्य सबै काम मालीले गर्नेछ । उहाँ परमेश्वर हुनुहुन्छ । म होइन । तपाईं होइन । हाम्रो काम भनेको दाखको बोटसँग जोडिएर उहाँलाई हामीमार्फत काम गर्न अनुमति दिनु हो । तपाई को हुनुहुन्छ र तपाईलाई के गर्न बोलाइएको छ भनेर आज मनन् गर्नुहोस् । टाँसिनु, रहिरहनु, जोडिनु र पक्रिनु । हामीले गर्नुपर्ने यी कुराहरु हुन्, अरु होइन ।.
धर्मशास्त्र
यस योजनाको बारेमा
यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थना, गहिरो छलफल, प्रतीकात्मक कार्यहरु, र संसार परिवर्तन गर्ने घटनाहरुले भरिएको थियो । इस्टरअघि सोमबार सुरु गर्न योजना गरिएको, यो जीवनको प्रत्येक दिन । मण्डलीको बाइबल अध्ययनसम्बन्धी योजना जसले तपाईंलाई पवित्र हप्ताको बारेमा यी कथाहरुको खुलासा गर्दछ ।.
More
यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church