YouVersion लोगो
खोज आइकन

इस्टरसम्बन्धी कथानमूना

The Story of Easter

दिन 4 को 7

बिहीबार
आफूलाई ख्रीष्टको प्रथम चेलाहरुको स्थानमा राख्नुहोस् जो उहाँको मृत्युको गवाह थिए । तपाईंको ह््दय चूर्ण हुनेथियो अनि तपाईको टाउको रिंगाएको हुनेथियो । यहूदीहरूका राजालाई जे हुनुपर्ने थियो त्यो बिल्कुलै भएको थिएन । उसले सबै कुरा ठीकठाक पार्नुपर्ने थियो । टुटफुट भएकोलाई जोड्नुपर्ने थियो । हराएको कुरा पनि पुनस्र्थापित गर्नुपर्नेथियो । तर अब, सबै हराएको जस्तो देखिन्छ । सबै बिग्रिएको छ। केही पनि सही छैन । क्रूस र खाली चिहानबीचको त्यो ठाउँमा आफू रहेको कल्पना गर्दै आज केही समय बिताउनुहोस्, आशाले छोडेपछि अनि अनुग्रह आउनुअघि । हरेक दिन त्यहाँ जिउने कसैको लागि प्रार्थना गर्न उर्जा दिने त्यो भावनालाई प्रयोग गर्नुहोस् । उनीहरूकहाँ कसरी पुग्ने र उनीहरूलाई यस सप्ताहन्तमा तपाईंको इस्टर उत्सवहरूमा निम्तो दिने भनेर देखाउनको लागि परमेश्वरसँग सोध्नुहोस् ।.
दिन 3दिन 5

यस योजनाको बारेमा

The Story of Easter

यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थना, गहिरो छलफल, प्रतीकात्मक कार्यहरु, र संसार परिवर्तन गर्ने घटनाहरुले भरिएको थियो । इस्टरअघि सोमबार सुरु गर्न योजना गरिएको, यो जीवनको प्रत्येक दिन । मण्डलीको बाइबल अध्ययनसम्बन्धी योजना जसले तपाईंलाई पवित्र हप्ताको बारेमा यी कथाहरुको खुलासा गर्दछ ।.

More

यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church