इस्टरसम्बन्धी कथानमूना

The Story of Easter

दिन 1 को 7

सोमबार

यस खण्डले पृथ्वीमा येशूको जीवनको मुख्य उद्देश्यहरूमध्ये एकलाई चित्रण गर्दछ, जो परमेश्वरले हामी कसरी जिएको चाहनुहुन्छ भन्ने मानव उदाहरण हो । येशूले भन्नुभयो, “जसो मैले तिमीहरुका निम्ति गरें, तिमीहरुले पनि त्यसै गर ।“ यस आज्ञाको सबैभन्दा अचम्मको भाग यो हो कि यो यसरी जिउने शक्तिको साथमा आउँदछ । येशूले हामीलाई हाम्रो आफ्नै शक्तिबाट परमेश्वरका छोराछोरीको रूपमा जिउने प्रयत्न गर्न मात्र आग्रह गर्नुभएन – उहाँको पुनरुत्थानले हामीलाई उहाँको शक्तिमा पहुँच दियो । आज, ख्रीष्टले हाम्रो लागि छोड्नुभएको उदाहरणलाई मनन् गर्नुहोस् । तपाईंको आफ्नै सम्बन्ध र परिस्थितिमा गोडा धुनु कस्तो देखिन्छ? येशूले आफ्ना चेलाहहरूको लागि गर्नुभएजस्तै तपाईं कसरी अरूको सेवा गर्न सक्नुहुन्छ?

यस योजनाको बारेमा

The Story of Easter

यो तपाईको अन्तिम साता हो भनेर थाहा पाउनुभयो भने तपाईले जीवनको त्यो क्षण कसरी बिताउनु हुन्छ । त्यो अघिल्लो हप्ता जहिले येशू मानव रुपमा पृथ्वीमा हुनुहुन्थ्यो, जुन सम्झनलायक क्षणहरु, भविष्यवाणीहरु पूरा भएका, आत्मीय प्रार्थना, गहिरो छलफल, प्रतीकात्मक कार्यहरु, र संसार परिवर्तन गर्ने घटनाहरुले भरिएको थियो । इस्टरअघि सोमबार सुरु गर्न योजना गरिएको, यो जीवनको प्रत्येक दिन । मण्डलीको बाइबल अध्ययनसम्बन्धी योजना जसले तपाईंलाई पवित्र हप्ताको बारेमा यी कथाहरुको खुलासा गर्दछ ।.

More

यो योजना उपलब्ध गराउनुभएकोमा हामी Life.Church लाई धन्यवाद दिन चाहन्छौं । यदि तपाइँ Life.Church बारे थप जान्न चाहनुहुन्छ भने, कृपया भ्रमण गर्नुहोसः www.Life.Church