YouVersion Logo
Search Icon

Plan Info

Bible IconGet the app

काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

DAY 6 OF 7

"कार्य - खडा हुने समय"

कार्य त्यो हो जहाँ हामी धेरै जना अड्किन्छौं । के गर्नुपर्ने आवश्यक छ सो हामीलाई थाहा छ, हामीले मञ्चमा कदम त राख्यौं तर हामी अघि बढ्न सक्दैनौं । जागृत हुनु र हामीले के गर्नुपर्छ भन्ने कुरामा इमानदार हुनु एउटा कुरा हो भने पूर्ण रूपमा छलांग लिनु अर्को कुरा हो । लूका १५ः२० मा हामीले सरल वाक्यांश पाउँछौं, जसले हराएको छोराको कथालाई परिवर्तन ग¥यो । येशूले मात्र भन्नुभयो, “त्यसैले ऊ उठ्यो..."

उसले तत्काल कदम चाल्यो । केही गर्ने बेला भएको थियो । जबसम्म हाम्रो कथामा भनेजस्तै, “त्यसोभए ऊ उठ्यो,“ वा “त्यसैले उनी उठिन्,“ तबसम्म वास्तवमा केही परिवर्तन हुँदैन ।

यहाँ हामीमध्ये धेरैको लागि जहाँ अहा रोकिन्छ । हामीमा जागृतिको क्षण छ, र इमान्दार भएर भन्नुपर्दा हामी शक्ति पनि पाउँछौं, तर हामी वास्तवमै केही फरक गर्नको लागि त्यसको नजिक कहिल्यै पुग्दैनौं तपाईंले गर्नु पर्ने परिवर्तनहरूको लागि आफ्नो योजनामा फर्केर हेर्नुहोस् इमानदारी र क्रियाको बीचमा हामी हाम्रो जीवनको धेरैजसो समय बिताउँछौं

तपाईंले यो पढेर सोचिरहनुभएको होला, “म तपाईंसँग सहमत छु, तर मलाई यसबारे केही गर्न मन लाग्दैन।“

यो थोरै कडा वा सायद रसहीन पनि लाग्न सक्छ; जे होस्, सत्य यो हो कि हामीले मन नलागे पनि परमेश्वरको आज्ञापालन गर्न आवश्यक छ । जब हामीले त्यसो गर्नको लागि प्रेरणाबिना पनि परमेश्वरको आज्ञा पालन गर्छौं, तब हाम्रा भावनाहरू अन्ततः हाम्रा कार्यहरूमा सम्मिलित हुँन्छन्

तपाईंले गर्नु पर्ने परिवर्तनहरूको लागि आफ्नो योजनामा फर्केर हेर्नुहोस् । सायद तपाईंले सूची पहिले नै बनाउनुभएको छ होला, चाहे कागजमा वा तपाईंको मष्तिष्कमा, र तपाईंलाई थाहा छ तिनीहरू के के हुन् भनेर । पहिलो चरण पहिचान गर्नुहोस्, जस्तै हराएको छोराले गर्यो जस्तैः “म घर जानेछु र मेरो बुबालाई भन्नेछु..." उसलाई थाहा थियो कि उसलाई के गर्न आवश्यक छ, र उसले त्यो पूरा गर्यो । तपाइँको पहिलो चरण पत्ता लगाउनुहोस् र यसमा अब काम गर्नुहोस्, चाहे तपाइँले यसो गर्न नचाहनु भए पनि । र तपाईंले देख्न सक्नुहुनेछ कि यस क्रममा, परमेश्वरको मद्दतले, पहिले बनावटीजस्तो देखिने कार्यहरू पनि वास्तविक लाग्नेछन् ।

*के तपाई जागृत हुनुभएको छ, र आफैसँग इमानदार हुनुहुन्छ, तर आवश्यक कार्यको गर्न सक्नुभएको छैन? तपाईंले त्यो कार्य सुरु गर्नको लागि पहिलो कदम के हो?

धर्मशास्त्र

Day 5Day 7

About this Plan

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परिवर्तन गर्ने ईश्वरीय क्षणको निम्ति तयार हुनुहुन्छ?

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: http://www.dccpromo.com/aha/