YouVersion Logo
Search Icon

Plan Info

काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

DAY 3 OF 7

"जागृति - अनिकाल मेटाउँदै"

भर्खरै मैले मनोवैज्ञानिक जोनाथन हेडले गरेको एक प्रयोगको बारेमा पढें। उहाँले एक आकर्षक काल्पनिक अभ्यास गराउनुभयो, जुन यस्तो थियो:


सहभागीहरूलाई एक व्यक्तिको जीवनको मुख्यमुख्य घटनाहरुको विवरण दिइयो र यसलाई पढ्न आग्रह गरियो । सहभागीहरूलाई त्यसपछि त्यो व्यक्ति उनीहरूकी छोरी हो भनी कल्पना गर्न भनियो । यो उनको अपरिहार्य जीवन कथा हो । उनी अझै जन्मिनुभएकी छैनन्, तर उनी चाँडै नै जन्मिनेछिन्, र उनको जीवन यहीँबाट अगाडि बढेको छ । त्यसपछि सहभागीहरूसँग उनको कथा सम्पादन गर्न पाँच मिनेटको समय थियो । उनीहरुका हातमा इरेज थियो, जसद्धारा उनीहरूले उनको जीवनबाट चाहेको कुरा हटाउन सक्थे ।


सहभागीहरूको लागि प्रश्न थियो: तपाइँ पहिले के मेटाउनुहुन्छ?


हामीमध्ये धेरैजसोले सहज र हतारसाथ सिकाइसम्बन्धी असक्षमता, कार दुर्घटना र आर्थिक चुनौतीहरू मेटाउन थाल्छौं । हामी हाम्रा बच्चाहरूलाई माया गर्छौं र उनीहरूले ती कठिनाइ, पीडा र अवरोधहरूबिना जीवन बिताएको चाहन्छौं । हामी हाम्रा बालबालिकाको जीवन सबै पीडा र व्यथाबाट मुक्त होस् भन्ने चाहन्छौं ।


तर आफैलाई सोध्नुहोस्: के त्यो साँच्चै उत्तम हो?


के हामी साँच्चै सहज र विशेषाधिकारप्राप्त जीवनले हाम्रा बच्चाहरूलाई खुसी बनाउँछ भनेर सोच्दछौं कि? यदि तपाईंले तिनीहरूलाई प्रार्थनाको लागि जगाउने कठिन परिस्थितिलाई मेटाउनुभयो भने के हुन्छ? के हुन्छ, यदि तपाईंले कुनै कठिनाइलाई मेटाउनुभयो, जसले उनीहरूलाई कुनै पनि परिस्थितिमा कसरी आनन्दित हुन सकिन्छ भनेर देखाउँदथ्यो भने? यदि तपाईंले केही ती कष्ट र पीडाहरू मेटाउनुभयो जुन माध्यमको रूपमा परमेश्वरले तिनीहरूको जीवनमा उहाँलाई पुकार्नको लागि प्रयोग गर्नुहुन्छ? तिनीहरूको जीवनको लागि परमेश्‍वरको उद्देश्‍यमा तिनीहरूलाई जगाउने कठिन परिस्थितिलाई तपाईंले मेटाउनुभयो भने के हुन्छ?


यो भन्दा कठोर लाग्न सक्छ, तर आत्मिकी बृद्धिको लागि प्राथमिक योगदानकर्ता उपदेश, पुस्तकहरू वा सानो समूह होइन तर कठिन परिस्थितिहरु हुन् । म तपाईंलाई व्यक्तिगत अनुभव, आत्मिक बृद्धिसम्बन्धी सर्वेक्षणहरू पढेर, र वर्षौंदेखि हजारौं मानिसहरूसँग कुरा गरेपछि मेरो आफ्नै वास्तविक प्रमाणको साक्षीको कारणले यो भन्न सक्छु ।"अहा" जीवनको पीडा, अवरोधहरू र चुनौतीहरूबाट बाहिर आउँछ। धेरै मानिसहरूले ती क्षणहरूलाई आफ्नो आात्मिक जागृतिको सबैभन्दा ठूलो क्षणको रूपमा औंल्याउन सक्छन् ।


तपाईको जीवनमा तपाईले के कस्ता समयमा सबैभन्दा धेरै आत्मिक वृद्धिको अनुभव गर्नुभएको छ? के ती प्रशस्त क्षण थिए, वा तिनीहरू कठिन समय थिए? के परमेश्‍वरले अहिले तपाईंलाई कुनै कठिन परीक्षा वा परिस्थितिबाट हुर्काउन खोज्दै हुनुहुन्छ?


धर्मशास्त्र

Day 2Day 4

About this Plan

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परि...

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: http://www.dccpromo.com/aha/

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy