YouVersion Logo
Search Icon

Plan Info

काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

DAY 5 OF 7

"इमानदारीता - इमानदारीता जसले चंगाई ल्याउँछ ।"

धेरैजसो ख्रीष्टियनहरूले इमानदार हुनुको महत्व बुझ्छन् र स्वीकार गर्छन्, दुबै आफैं र परमेश्वरसँग । १ यूहन्नामा, बाइबलले हामीलाई बताउँछ कि जब हामीले हाम्रा पापहरू परमेश्वरमा स्वीकार गर्छौं, उहाँ हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ । बाइबलले यो पनि बताउँछ कि येशूले क्रूसमा मर्नुहुँदा हामीले पाउनुपर्ने दण्ड आफूमा लिनुभयो । येशू मेरो पापहरूको लागि मर्नुभयो, ताकि जब मैले तिनीहरूलाई स्वीकार गर्छु, परमेश्वरले ती क्षमा गरिदिनुहुन्छ ।


सामान्यतया, हामीले आफैलाई भन्छौं कि यो भन्दा बढी गर्नु पर्दैनः यदि म आफैं र परमेश्वरसँग इमानदार छु भने यो पर्याप्त छ । तर "अहा" लाई यो भन्दा थप अरु चाहिन्छ ।

याकूब ५ः१६ ले एकअर्कामा पापहरू स्वीकार गर्ने र एकअर्काको लागि प्रार्थना गर्ने कुरा गर्छ "ताकि तिमीहरू निको हुन सक ।" जब हामी हाम्रा पापहरूको बारेमा परमेश्वरसँग इमानदार हुन्छौं, उहाँले हामीलाई क्षमा गर्नुहुन्छ, तर जब हामी अरूसँग इमानदार हुन्छौं, हामीले चंगाइ पाउँछौं ।


चंगाइको अर्थ के हो?


एकअर्कालाई हाम्रा पापहरू स्वीकार गर्ने अभ्यासले हामीलाई जवाफदेही बनाउँछ र हामीलाई हाम्रो संघर्षको चक्र तोड्न आवश्यक प्रोत्साहन पाउन मद्दत गर्दछ । जब हामीले अँध्यारोमा राखेका चीजहरू लिन्छौं र यसलाई लात मार्दै र चिच्याउँदै उज्यालोमा तान्दछौं, हामीले थाहा पाउँछौं कि यसले हामीमाथिको धेरै शक्ति गुमाएको छ ।


र याकूबले गरेको निको पार्ने कुरा तपाईले सोचेको भन्दा धेरै स्पष्ट छ । यो हेनुहोस्ः एक धर्मनिरपेक्ष समकालीन मनोविज्ञान पाठ्यपुस्तक "कोपिंग विथ स्ट्रेस" नामक पाठ्यपुस्तकले पापको स्वीकार गरिएपछिको निको पार्ने शक्तिलाई पुष्टि गर्दछ । लेखकले दाबी गर्छन् कि, “गोप्य राख्ने स्वभाव भएका मानिसहरूमा औसतमा अन्य व्यक्तिहरू भन्दा धेरै नकारात्मक शारीरिक र मानसिक समस्याहरू हुन्छन्, जस्तैः बढी चिन्ता, डिप्रेसन र शारीरिक लक्षणहरू जस्तै ढाड दुख्ने र टाउको दुख्ने आदि । पापहरु स्वीकार गर्दाको प्रारम्भिक अप्ठ्यारोपन त्यो राहतभन्दा अधिक हुन्छ, जो स्वयंको अंध्यारा गोप्य पक्षहरूको उच्चारणको साथमा प्राप्त हुन्छ ।"


हितोपदेश २८ः१३ ले यी निष्कर्षहरू प्रतिध्वनित गर्दछः "आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ ।"


*अरूसँग आफ्नो पाप स्वीकार गर्ने कार्यले तपाईंलाई विगतमा कसरी मद्दत गरेको छ? के तपाईंमा कुनै त्यस्ता गोप्य पापहरू छन् जुन तपाईंले बाहिर प्रकाशमा ल्याउन अनिच्छाको साथ तिनीहरूलाई लुकाइराख्नुभएको छ?


धर्मशास्त्र

Day 4Day 6

About this Plan

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परि...

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: http://www.dccpromo.com/aha/

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy