YouVersion Logo
Search Icon

Plan Info

काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरणनमूना

Prodigal Son Transformation With Kyle Idleman

DAY 2 OF 7

"जागृति - तपाईं होशमा आउनु"

प्रायः हामी हाम्रो जीवनमा बज्ने चेतावनी-घण्टीलाई गुमाउँछौं किनभने हामी तिनीहरूप्रति संवेदनशील छैनौं ।मधुर वीणाको चेतावनी घण्टीले काम गर्दैन – यसले हामीलाई ब्यूँझाउनको लागि चर्को गरी बज्ने चेतावनी-घण्टीको आवश्यकता पर्नेछ । त्यसैले चेतावनी-घण्टीप्रति तुरुन्तै जवाफदेही हुनुको साटो हामी यसलाई पछि सार्दैजान्छौं । चेतावनी-घण्टी चर्को र अझै चर्को रूपमा बढ्छ जबसम्म अन्ततः यो यति दिक्कलाग्दो छ कि हामी यसलाई अब उपेक्षा गर्न सक्दैनौं । त्यसो भएपछि हामी उठ्छौं, हाम्रो आँखा मिच्छौं, वरपर हेर्छौं, हाम्रो वरिपरि हराएको छोराको सुँगुरहरू देख्छौं, र यो कसरी आयो भनेर आश्चर्यचकित हुन्छौं।

यहाँ तपाईको लागि मेरो प्रश्न छः के तपाईको जीवनमा अहिले चेतावनी-घण्टी बजिरहेको छ?


मानिसहरूले आफ्नो होशमा आउनुअघि चट्टानको तल हिर्काउनु पर्छ भन्ने सोच्छन्, तर के हुनसक्छ भने यदि परमेश्वरले तपाईंलाई पछि टाढाको देशमा हृदयघातबाट बचाउनको लागि अहिले नै जगाउन खोज्दै पो हुनुहुन्छ कि?

२ इतिहास ३६ः१५ ले आफ्ना जनहरूलाई चेतावनी दिन परमेश्वरले कसरी चेतावनीको घण्टी बजाउनुहुन्छ भनी बताउँछ । “चाँडो उठ्नु“ भन्ने अभिव्यक्तिको अर्थ परमेश्वर चाँडै ओछ्यानबाट उठ्नुभयो भन्ने होइन । बरु यसलाई “चाँडो कदम चाल्नु“ भनेर बुझिन्छ । यस सन्दर्भमा, यसको मतलब उहाँले समस्याहरू आउनुअघि नै चेतावनी-घण्टी बजाउनुभयो भन्ने हो ।

धर्मशास्त्र

Day 1Day 3

About this Plan

Prodigal Son Transformation With Kyle Idleman

काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परि...

More

यो योजना उपलब्ध गराउनुभएको निम्ति हामी डेभिड सी कुकलाई धन्यवाद दिन चाहन्छौं । थप जानकारीको लागि कृपया भ्रमण गर्नुहोस्: http://www.dccpromo.com/aha/

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy