कल्पना गर्न साहसीSample

परमेश्वरको आत्मा र परमेश्वरको वचनले तपाईको कल्पनालाई शक्ति दिन्छ। यी दुई स्रोतहरू हुन् जुन परमेश्वरले तपाईको सपनालाई उर्जा दिन प्रदान गर्नुहुन्छ ताकि तपाई कमजोर हुन नपरोस्।
यूहन्ना १४:१६-१७ मा, येशू भन्नुहुन्छ, "र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ,>[परमेश्वर, पवित्र आत्मा] जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।" (NNRV)।
पवित्र आत्माले तपाईमा काम गर्नुहुन्छ तपाईलाई त्यो शक्ति दिनको लागि जुन तपाईसँग छैन। यो आत्म-सहायता मनोविज्ञान वा सकारात्मक मानसिक दृष्टिकोणबाट आउँदैन।
इन्धन भर्ने अर्को स्रोत परमेश्वरको वचन हो। भजनसंग्रह ११९ ले भन्छ, "मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ. . . तपाईका आदेशहरूका शिक्षा म बुझ्न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।"(पद. १८, २७ NNRV)
तपाई यो कसरी गर्नुहुन्छ? हरेक दिन शान्त ठाउँ खोज्नुहोस् जहाँ तपाई परमेश्वरमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। जब तपाई शान्त र आराममा हुनुहुन्छ परमेश्वरले तपाईसँग धेरै राम्रो कुराकानी गर्न सक्नुहुन्छ।
परमेश्वरको वचन पढ्दा र प्रार्थनामा उहाँसँग कुरा गर्दा उहाँलाई सुन्नुहोस्। यो तपाईको सम्पूर्ण जीवनको लागि दृष्टि र सपना कायम राख्ने कुञ्जी हो। यसलाई लेख्नुहोस्: बलियो, स्वस्थ कल्पनाको कुञ्जी भनेको दैनिक शान्त समय हो।
तपाई वचनमा हुनु आवश्यक छ र तपाई आत्मामा हुनु आवश्यक छ। तपाईले हरेक दिन जीवनको लागि आफ्नो सपनालाई इन्धन गर्न यो बानी विकास गर्न आवश्यक छ।
तपाईले हो भन्नुभयो भने परमेश्वरले तपाईलाई प्रयोग गर्नुहुनेछ। र उहाँले यो गर्न कल्पनाको प्रयोग गर्नुहुनेछ। महान जीवन महान सपनाहरुमा निर्मित छ।
प्रार्थना:
येशू, तपाईले भन्नुभयो कि परमेश्वरसँग सबै कुरा सम्भव छ। आज म मेरो जीवनको लागि तपाईको निर्देशन खोज्दैछु। मैले आफ्नो क्षमताले गरेको होइन । तपाईको क्षमताले गर्छु । म के गर्न सक्छु भनेर हेरिरहेको छैन; तपाईले के गर्न सक्नुहुन्छ म हेर्दै छु। म मेरो परमेश्वरको आकारलाई मेरो सपनाको आकार निर्धारण गर्न दिन्छु। मलाई मेरो डर र शंका विरुद्ध मद्दत गर्नुहोस्। म अगाडी बढिरहेको छु किनकि तपाई सँग सबै कुरा सम्भव छ। येशूको नाममा म प्रार्थना गर्दछु, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

पृथ्वीमा मानिसले बनाएका सबै कुरा कसैको मनको कल्पनाबाट सुरु भएको हो। यो परमेश्वरको उपहार हो। यस ७ दिने अध्ययनमा हामी तपाईको कल्पना र विश्वासको सम्बन्धको बारेमा जान्नेछौँ। म तपाईलाई आफ्नो कल्पनालाई यसरी खुलाउन मद्दत गर्न चाहन्छु जुन पहिले कहिल्यै गरिएको थिएन।
More
Related Plans

उद्धार

पुनस्थापनालाई रोज्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ग्रेसको गान (Anthem of Grace)

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
