कल्पना गर्न साहसीनमूना

परमेश्वरले तपाईलाई दिनुभएको सबैभन्दा ठूलो वरदान भनेको कल्पनाको वरदान हो। यो तपाईको दिमागमा चीजहरू हेर्ने - सोच्ने र मानसिक चित्रहरू सिर्जना गर्ने क्षमता हो।
तपाईसँग यो उपहार हुनुको कारण यो हो कि परमेश्वरले पनि कल्पना गर्नुहुन्छ। बाइबलले हामीलाई बताउँछ कि परमेश्वरले सम्पूर्ण ब्रह्माण्डको कल्पना गर्नुभयो र यो सृष्टि भयो। वास्तविकतामा परिणत हुनुअघि नै उहाँले सोच्नुभयो। बाइबलले बताउँछ कि परमेश्वरले सबै इतिहासको कल्पना गर्नुभएको थियो। उहाँले पहिले नै यो सबै भएको देख्नु भएको छ यो हुनु भन्दा पहिले नै किनभने उहाँले यो कुरा पहिले नै कल्पना गर्नु भएको थियो। बाइबलले यसलाई परमेश्वरको पूर्वज्ञान भन्दछ।
तपाई सृजनात्मक हुँदा तपाई आफ्नो सृष्टिकर्ता जस्तै हुनुहुन्छ। के यसले अर्थ राख्छ? तपाई आफ्नो सृष्टिकर्ता - परमेश्वर - जस्तै हुनुहुन्छ जब तपाई सृजनात्मक हुनुहुन्छ। र परमेश्वरले तपाईलाई तपाईको कल्पना सँग सिर्जना गर्ने क्षमता दिनुभयो। जब तपाई आफ्नो कल्पनालाई राम्रो र परमेश्वरको लागि प्रयोग गर्नुहुन्छ, परमेश्वर मुस्कुराउनुहुन्छ।
सबै कुरा कल्पनाबाट सुरु हुन्छ। कसैले सोच्दैन भने कुनै पनि कुरा यथार्थ बन्दैन। हरेक महान व्यवसाय, हरेक महान कम्पनी, कलाको हरेक टुक्रा, हरेक संगीत नोट सबैमा एक समान छ: कसैले यो वास्तविकता हुनु अघि कल्पना गरेको थियो। कसैले कल्पना नगरेसम्म केही हुँदैन।
र कल्पना बिना तपाई निर्णय गर्न सक्नुहुन्न। जब तपाई कल्पना गर्न सुरु गर्नुहुन्छ, तपाईले यो गर्नुभयो भने के हुनेछ? वा यदि तपाईले त्यसो गर्नुभयो भने के हुन्थ्यो? र त्यसपछि तपाई निर्णय गर्नुहुन्छ।
पृथ्वीमा मानिसले सृष्टि गरेको सबै कुरा कसैको मनको कल्पनाबाट सुरु भएको हो। यो परमेश्वरको उपहार हो।
यो ७ दिने अध्ययनमा हामी तपाईको कल्पना र विश्वासबीचको सम्बन्धको बारेमा जान्नेछौँ। म तपाईलाई आफ्नो कल्पनालाई खुलाउन मद्दत गर्न चाहन्छु जुन पहिले कहिल्यै गरिएको थिएन।
प्रार्थना:
परमेश्वर, कल्पनाको उपहारको लागि धन्यवाद। मलाई सत्य, सम्मानजनक, सहि, शुद्ध, प्यारा, र प्रशंसनीय के हो भन्ने बारे मेरो विचारहरू ठीक गर्न मद्दत गर्नुहोस्। म चिन्ता वा डरको साथ मेरो कल्पनाको दुरुपयोग गर्न चाहन्न। बरु म मेरो दिमागलाई उत्कृष्ट र प्रशंसाको योग्य चीजहरूमा केन्द्रित गर्न चाहन्छु। येशूको नाममा म प्रार्थना गर्दछु, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

पृथ्वीमा मानिसले बनाएका सबै कुरा कसैको मनको कल्पनाबाट सुरु भएको हो। यो परमेश्वरको उपहार हो। यस ७ दिने अध्ययनमा हामी तपाईको कल्पना र विश्वासको सम्बन्धको बारेमा जान्नेछौँ। म तपाईलाई आफ्नो कल्पनालाई यसरी खुलाउन मद्दत गर्न चाहन्छु जुन पहिले कहिल्यै गरिएको थिएन।
More
सम्बन्धित भक्त्ति पाठहरू

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना
इस्राएल र यहूदी जातिप्रति घृणा

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
