कल्पना गर्न साहसीSample

तपाईले परमेश्वरलाई देख्न नसक्ने हुनाले, तपाईले आफ्नो विश्वास अभ्यास गर्न कल्पनाशक्ति प्रयोग गर्नुपर्छ। हिब्रू ११ विश्वासका नायकहरूको महान् अध्याय हो। हिब्रू ११मा परमेश्वरको सम्मान प्राप्त गर्ने पर्सिद्द हल छ ! तपाईलाई थाहा छ नि हैन र, संसारमा कलाकारहरूलाई सम्मान गर्ने मञ्च हुन्छ, खेलाडी हरूलाई सम्मान गर्ने मञ्च हुन्छ। परमेश्वरको सम्मान प्राप्त गर्ने पर्सिद्द हलले सबै मानिसहरूलाई सूचीबद्ध गर्दछ जो परमेश्वरको पुस्तकमा वास्तविक नायकहरू हुन्। अब्राहाम, मोशा, योसेफ, राहाब र गिदोन जस्ता मानिसहरूले परमेश्वरले दिनुभएको दर्शनलाई विश्वस्तताका साथ पछ्याउन विश्वासमा बाहिर निस्के।
हिब्रू ११ ले विश्वासलाई यसरी परिभाषित गरेर सुरु हुन्छ कि "अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।" (हिब्रू ११:१ NNRV)।
विश्वास भनेको हेर्ने तरिका हो। परमेश्वरले भन्नुहुन्छ कि तपाईले जे आशा गर्नुहुन्छ - तपाईले सोच्नु भएको कुरा सक्छ हुन्छ - जब तपाई विश्वास गर्नुहुन्छ कि यो वास्तवमा हुनेछ, त्यो विश्वास हो। यो प्रमाण हो, वा विश्वास, चीजहरूको जुन हामीले अझै देख्न सक्दैनौँ।
परमेश्वरले तपाईलाई हेर्ने दुई तरिका दिनुभएको छ। पहिलो, तपाई आफ्नो भौतिक आँखा मार्फत देख्न सक्नुहुन्छ। र दोस्रो, तपाई आफ्नो दिमागमा कल्पना मार्फत देख्न सक्नुहुन्छ। तपाई आफ्नो दिमागमा चीजहरू चित्रण गर्नुहोस्, तपाईले तिनीहरूको सपना , देख्नु होस्, तपाई तिनीहरूलाई कल्पना गर्नुहोस्। जब तपाईं शारीरिक रूपमा केहि देख्न सक्नुहुन्न, तपाईं आफ्नो दिमागमा कल्पना गर्न सक्नुहुन्छ।
बाइबलले बताउँछ कि तपाईले टिक्ने कुराहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ - ती चीजहरू जुन तपाईले वास्तवमा आफ्नो आँखाले देख्न सक्नुहुन्न। त्यसो गर्न तपाईले तिनीहरूलाई कल्पना गर्नुपर्छ। कल्पनाले तपाईको जीवनलाई आकार दिन्छ र विश्वासद्वारा बाँच्न आवश्यक छ।
प्रार्थना:
प्रिय परमेश्वर, मलाई मेरो कल्पना प्रयोग गरेर मेरो विश्वास अभ्यास गर्न मद्दत गर्नुहोस्। म चाहन्छु कि मेरा विचारहरूले मसँग भएको विश्वस्त आश्वस्तता प्रतिबिम्बित होस् जुन म आशा गर्छु कि हुनेछ। मैले देखेको कुरामा होइन तर नदेखेको कुरामा आँखा लगाएको छु। मेरो अविश्वासमा मलाई मद्दत गर्नुहोस्। म मेरो लागि तपाईका प्रतिज्ञाहरूमा आशा गर्न रोज्छु। येशूको नाममा म प्रार्थना गर्दछु, आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

पृथ्वीमा मानिसले बनाएका सबै कुरा कसैको मनको कल्पनाबाट सुरु भएको हो। यो परमेश्वरको उपहार हो। यस ७ दिने अध्ययनमा हामी तपाईको कल्पना र विश्वासको सम्बन्धको बारेमा जान्नेछौँ। म तपाईलाई आफ्नो कल्पनालाई यसरी खुलाउन मद्दत गर्न चाहन्छु जुन पहिले कहिल्यै गरिएको थिएन।
More
Related Plans

उद्धार

पुनस्थापनालाई रोज्नु

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ग्रेसको गान (Anthem of Grace)

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
