YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:18-27

भजनसंग्रह 119:18-27 NNRV

मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ। म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌। तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ। तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌। गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌। मेरो प्राण धूलोमा मिलेको छ, आफ्‍नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्‌। मैले आफ्‍नो आचरण तपाईंलाई खुलस्‍त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। तपाईंका आदेशहरूका शिक्षा म बुझ्‍न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।