YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 82:3-8

भजनसंग्रह 82:3-8 NCV

दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर! दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर! “तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्। “मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’ तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।” हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।

भजनसंग्रह 82 पढ्नुहोस्