दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर। दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ। “तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्धकारमा यताउता डुल्छन्। पृथ्वीका सारा जग नै हल्लिएका छन्। “मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’ तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।” हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्।
भजनसंग्रह 82 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 82
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 82:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू