हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ। तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ। जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु, मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ? तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ। तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ: सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू, आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू। हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
भजनसंग्रह 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 8:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू