हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्ता सारा संसारमा देखिन्छ! तपाईंको प्रशंसा स्वर्गसम्म पुग्छ। तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ। आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न। तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ? तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो। भेडा-बाख्रा, गाई-वस्तु, जङ्गली पशु र पक्षीहरू, माछा र समुद्रका सबै जन्तुहरूमाथि तपाईंले उसलाई अधिकार दिनुभयो। हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्ता सारा संसारमा देखिन्छ।
भजनसंग्रह 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 8:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू