हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ। शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ। जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ? तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ— सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू, आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू। हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ!
भजनसंग्रह 8 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 8:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू