YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 8:1-9

भजनसंग्रह 8:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ। शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ, तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ। जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्‍थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ? तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ— सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू, आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू। हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति गौरवमय छ!

शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्

भजनसंग्रह 8:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! स्वर्गभन्दा उच्‍चमा तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ। तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट, आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई शत्रुहरूका विरुद्ध बलियो किल्‍ला स्थापना गर्नुभएको छ। जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु, मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ? तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याइदिनुभएको छ। तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ: सबै भेडाबाख्रा र गाईगोरुहरू, र सबै जङ्गली पशुपक्षीहरू, आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू। हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!

शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्

भजनसंग्रह 8:1-9 पवित्र बाइबल (NERV)

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ। साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ। हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु, र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ? तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो, अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो। तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो। सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन। तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर र माछाहरूमाथि पनि अधिकार गर्छन्। हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्

भजनसंग्रह 8:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्‌ता सारा संसारमा देखिन्‍छ! तपाईंको प्रशंसा स्‍वर्गसम्‍म पुग्‍छ। तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्‍छ। आफ्‍ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्‍छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्‍न दिनुहुन्‍न। तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्‍नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्‍नुहुन्‍छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्‍ता गर्नुहुन्‍छ? तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्‍तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्‍ना सारा सृष्‍टिमाथि अधिकार दिनुभयो। भेडा-बाख्रा, गाई-वस्‍तु, जङ्गली पशु र पक्षीहरू, माछा र समुद्रका सबै जन्‍तुहरूमाथि तपाईंले उसलाई अधिकार दिनुभयो। हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्‌ता सारा संसारमा देखिन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 8 पढ्नुहोस्