परमेश्वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्। हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्वरको अगि दुष्टहरू नष्ट होऊन्। तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्। परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ। उहाँको पवित्र वासस्थानमा परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ। एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू