हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्। हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होऊन्। तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्। उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ “याह” हो उहाँको नाउँको प्रशंसा गर! उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू