YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:1-6

भजनसंग्रह 68:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू छरपष्‍ट भइजाऊन्‌। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्‌। जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्‍छ, त्‍यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्‌। आगोको सामु मैन बिलाएझैँ, दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट भइजाऊन्‌। तर धर्मीहरूचाहिँ खुशी होऊन्‌, तिनीहरू परमेश्‍वरको अगि उल्‍लसित होऊन्‌, तिनीहरू हर्षले प्रफुल्‍लित होऊन्‌। परमेश्‍वरको निम्‍ति भजन गाओ, उहाँका नाउँको स्‍तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्‍ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्‍लसित होओ। परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ। एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्। हावाले धुवाँलाई उडाए झैँ तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्। आगोको अगि मैन बिलाइए झैँ, परमेश्‍वरको अगि दुष्‍टहरू नष्‍ट होऊन्। तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्‍वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्। परमेश्‍वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ; बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर; उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ। उहाँको पवित्र वासस्थानमा परमेश्‍वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ। एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:1-6 पवित्र बाइबल (NERV)

हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्। हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होऊन्। तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्। उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ “याह” हो उहाँको नाउँको प्रशंसा गर! उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्

भजनसंग्रह 68:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले उठ्‍नुभएर आफ्‍ना शत्रुहरूलाई छरपष्‍ट पार्नुहुन्‍छ, उहाँलाई घृणा गर्नेहरू हारेर भाग्‍छन्। उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्‍छ, आगोको अघि मैन बिलाएझैँ दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट हुन्‍छन्। तर धर्मीहरू उहाँको अघि आनन्‍द गरेर रमाउनेछन्, तिनीहरू प्रसन्‍न हुन्‍छन् र आनन्‍दले स्‍वर उचाल्‍छन्। परमेश्‍वरको स्‍तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्‍ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्‍थितिमा आनन्‍दित होओ। परमेश्‍वरले आफ्‍नो पवित्र मन्‍दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्‍ता गर्नुहुन्‍छ र विधवाहरूको रक्षा गर्नुहुन्‍छ। उहाँले एक्‍लो मानिसलाई बस्‍ने घर दिनुहुन्‍छ र कैदीहरूलाई छुटकारा दिएर आनन्‍द दिनुहुन्‍छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 68 पढ्नुहोस्