YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 62:5-12

भजनसंग्रह 62:5-12 NCV

हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्; मेरो आशा उहाँबाटै आउँछ। साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ। मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ; उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ। हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर; आफ्ना हृदय उहाँको सामु पोख; किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ। साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्; उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्। यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन; तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्। लुटपाट गर्ने काममा भरोसा नगर, अथवा चोरीका सामानहरूमा घमण्ड नगर; तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि त्यसमा तिम्रो हृदय नलगाओ! एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ; हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”

भजनसंग्रह 62 पढ्नुहोस्