YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 62

62
भजन 62
सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन।
1परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;
उहाँबाट नै मेरो मुक्ति आउँछ।
2साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।
3तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?
ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई—
तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?
4साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई
तिनीहरूले योजना बनाएका छन्;
तिनीहरू असत्यतामा रमाउँछन्,
तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्,
तर तिनीहरूको हृदयले सराप्छन्। सेला
5हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
6साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।
7मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ#62:7 अथवा सर्वोच्‍च परमेश्‍वर मेरो मुक्ति र सम्मान हुनुहुन्छ;
उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
8हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
आफ्ना हृदय उहाँको सामु पोख;
किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;
उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्।
यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन;
तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।
10लुटपाट गर्ने काममा भरोसा नगर,
अथवा चोरीका सामानहरूमा घमण्ड नगर;
तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि
त्यसमा तिम्रो हृदय नलगाओ!
11एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ,
दुई पटक मैले सुनेको छु:
“हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;
12हे प्रभु, अचुक प्रेम तपाईंमा छ।”
“अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई
तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 62: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्