भजनसंग्रह 63
63
भजन 63
यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन।
1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
2पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,
र तपाईंको शक्ति र महिमालाई देखेको छु।
3तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
4मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।
5मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्ट हुनेछ;
स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।
6मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;
रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।
7किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;
म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।
8मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;
तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।
9मलाई मार्न खोज्नेहरूचाहिँ नष्ट पारिनेछन्;
तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।
10तिनीहरू तरवारद्वारा मारिनेछन्;
र स्यालहरूको आहारा हुनेछन्।
11तर राजा परमेश्वरमा आनन्दित हुनेछन्;
परमेश्वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;
जबकि झूटो बोल्ने मुख थुनिनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 63: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.