भजनसंग्रह 64
64
भजन 64
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्;
शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्!
2दुष्टहरूको गुप्त पासोहरूबाट
कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्!
3तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्,
र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्।
4तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्;
तिनीहरूले डरैविना अचानक काँड हान्छन्।
5तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्;
तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्;
तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र#64:5 अथवा हामीलाई?”
6तिनीहरू अन्याय रच्छन् र भन्छन्,
“हामीले सिद्ध योजना बनाएका छौँ!”
मानिसको मन र हृदय साँच्चै धूर्त छ।
7तर परमेश्वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्नुहुनेछ;
तिनीहरू अचानक घाइते हुनेछन्।
8उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ,
र तिनीहरूलाई नष्ट पार्नुहुनेछ;
तिनीहरूलाई देख्ने सबैले गिल्ला गर्दै टाउको हल्लाउनेछन्।
9सबै मानिसहरू परमेश्वरसँग डराउनेछन्;
तिनीहरूले परमेश्वरको कामको घोषणा गर्नेछन्;
र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्।
10धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्,
र उहाँमा शरण लिनेछन्;
साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 64: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.