भजनसंग्रह 62:5-12
भजनसंग्रह 62:5-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म परमेश्वरमा मात्र भर पर्दछु, म उहाँमा आफ्नो आशा राख्दछु। उहाँले मात्र मेरो रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ, उहाँ मेरो रक्षक हुनुहुन्छ र कहिल्यै मेरो हार हुनेछैन। मेरा उद्धार र सम्मानको लागि म परमेश्वरमा भर पर्दछु, उहाँ मेरो सामर्थी रक्षक हुनुहुन्छ, उहाँ मेरो आश्रय हुनुहुन्छ। हे मेरा मानिसहरू हो! सधैँ परमेश्वरमा भरोसा गर, उहाँलाई आफ्ना सबै दु:ख-कष्ट भन किनभने उहाँ हाम्रा शरणस्थान हुनुहुन्छ। मानिसहरू एक मुट्ठी सासजस्ता मात्र हुन्, ठूला-साना सबै बेकामका छन्। तिनीहरूलाई तराजुमा तौलेर हेर, तिनीहरूको केही ओजन छैन। तिनीहरू हावाभन्दा पनि हलुङ्गा छन्। हिँसामाथि भरोसा नगर, चोरी गरेर केही नाफा पाउने आशा नगर, तिम्रा धन-सम्पत्ति बढे तापनि तिनमा भर नपर। एक पटक होइन, धेरै पटक, परमेश्वरले, “शक्ति मेरो हो,” र “मेरो प्रेम सधैँ एकनाश छ,” भन्नुभएको मैले सुनेको छु। तपाईं आफैंले, हे परमप्रभु, हरेकलाई उसको कामअनुसार इनाम दिनुहुन्छ।
भजनसंग्रह 62:5-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो प्राण, परमेश्वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्ला हुनुहुन्छ। म डग्नेछैनँ। मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्ने आफ्ना मन खोल, किनकि परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्, उच्च स्तरका चाहिँ भ्रम मात्र हुन्। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्छन्, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्। धुत्ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्पत्ति बढ़्यो भने त्यसमा आफ्नो हृदय नलगाओ। परमेश्वरले एउटा कुरो बोल्नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्वर, तपाईं बलिया हुनुहुन्छ, र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्छ। निश्चय नै हरेक मानिसलाई त्यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्छ।
भजनसंग्रह 62:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्; मेरो आशा उहाँबाटै आउँछ। साँच्चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ; उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ। मेरो मुक्ति र मेरो सम्मान परमेश्वरमा आधारित छ; उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ। हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर; आफ्ना हृदय उहाँको सामु पोख; किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ। साँच्चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्; उच्च स्तरका मानिसहरू भ्रम मात्र हुन्। यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन; तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्। लुटपाट गर्ने काममा भरोसा नगर, अथवा चोरीका सामानहरूमा घमण्ड नगर; तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि त्यसमा तिम्रो हृदय नलगाओ! एउटा कुरा परमेश्वरले भन्नुभएको छ, दुई पटक मैले सुनेको छु: “हे परमेश्वर, शक्ति तपाईंमा नै निहित छ; हे प्रभु, अचुक प्रेम तपाईंमा छ।” “अनि निश्चय नै तपाईंले प्रत्येक मानिसलाई तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”
भजनसंग्रह 62:5-12 पवित्र बाइबल (NERV)
मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ। परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ। परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ। परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो गौरव र विजय परमेश्वरबाट आउँछ। उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ। हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख। तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ। मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्। सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर। परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ, अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’” हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।