म परमेश्वरमा मात्र भर पर्दछु, म उहाँमा आफ्नो आशा राख्दछु। उहाँले मात्र मेरो रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ, उहाँ मेरो रक्षक हुनुहुन्छ र कहिल्यै मेरो हार हुनेछैन। मेरा उद्धार र सम्मानको लागि म परमेश्वरमा भर पर्दछु, उहाँ मेरो सामर्थी रक्षक हुनुहुन्छ, उहाँ मेरो आश्रय हुनुहुन्छ। हे मेरा मानिसहरू हो! सधैँ परमेश्वरमा भरोसा गर, उहाँलाई आफ्ना सबै दु:ख-कष्ट भन किनभने उहाँ हाम्रा शरणस्थान हुनुहुन्छ। मानिसहरू एक मुट्ठी सासजस्ता मात्र हुन्, ठूला-साना सबै बेकामका छन्। तिनीहरूलाई तराजुमा तौलेर हेर, तिनीहरूको केही ओजन छैन। तिनीहरू हावाभन्दा पनि हलुङ्गा छन्। हिँसामाथि भरोसा नगर, चोरी गरेर केही नाफा पाउने आशा नगर, तिम्रा धन-सम्पत्ति बढे तापनि तिनमा भर नपर। एक पटक होइन, धेरै पटक, परमेश्वरले, “शक्ति मेरो हो,” र “मेरो प्रेम सधैँ एकनाश छ,” भन्नुभएको मैले सुनेको छु। तपाईं आफैंले, हे परमप्रभु, हरेकलाई उसको कामअनुसार इनाम दिनुहुन्छ।
भजनसंग्रह 62 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 62:5-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू