YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 62:5-12

भजनसंग्रह 62:5-12 NNRV

हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ। उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ। म डग्‍नेछैनँ। मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ। हे मानिस हो, सब समय उहाँमा नै भरोसा गर, उहाँको सामुन्‍ने आफ्‍ना मन खोल, किनकि परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला निम्‍न स्‍तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्‌, उच्‍च स्‍तरका चाहिँ भ्रम मात्र हुन्‌। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्‍छन्‌, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्‌। धुत्‍ने काममा भर नपर, र चोरेको सामानमा अभिमान नगर। तिम्रो धन-सम्‍पत्ति बढ़्यो भने त्‍यसमा आफ्‍नो हृदय नलगाओ। परमेश्‍वरले एउटा कुरो बोल्‍नुभएको छ, मैले दुई कुरा सुनेको छु, कि हे परमेश्‍वर, तपाईं बलिया हुनुहुन्‍छ, र हे परमप्रभु, तपाईं प्रेमी हुनुहुन्‍छ। निश्‍चय नै हरेक मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल तपाईं दिनुहुन्‍छ।