YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:1-13

भजनसंग्रह 51:1-13 NCV

हे परमेश्‍वर, तपाईंको अचुक प्रेमअनुसार ममाथि दया गर्नुहोस्; तपाईंको महान् करुणाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्! मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्! किनकि मेरा अपराधहरू म जान्दछु; र मेरो पाप सधैँ मेरै सामु छ। मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु, अनि तपाईंको दृष्‍टिमा जे खराबी छ, मैले त्यही गरेको छु; यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ, र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ। निश्‍चय नै म जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। तपाईंले गर्भमै विश्‍वासयोग्यता चाहना गर्नुहुन्छ; तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र आनन्दका कुरा सुन्‍न दिनुहोस्; तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्! मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्! हे परमेश्‍वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्, र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्! तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्, र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्! तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्! तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।

भजनसंग्रह 51 पढ्नुहोस्