YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:1-13

भजनसंग्रह 51:1-13 NERV

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दयालु कृपा-दृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्। परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरें। म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्। पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्। विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्। मलाई खुशी पार्नुहोस्। बताउनुहोस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्! हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्। मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्! तपाईंको सहयोगले मलाई खुशी पार्दछ। मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्। म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।

भजनसंग्रह 51 पढ्नुहोस्