भजनसंग्रह 51:1-13
![भजनसंग्रह 51:1-13 - हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
किनकि मेरा अपराधहरू म जान्दछु,
र मेरो पाप सदा मेरो सामुन्ने छ।
तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु,
र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ,
र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
साँच्चै, म जन्मँदा नै पापी थिएँ,
र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ।
हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्,
र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्।
मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्।
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्।
तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु,
र पापीहरू तपाईंतर्फ फर्कनेछन्।](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F320x320%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fstatic-youversionapi-com%2Fimages%2Fbase%2F63112%2F1280x1280.jpg&w=640&q=75)
हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्। किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ। साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्। मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्। हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्। तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्।
भजनसंग्रह 51:1-13